२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

माईती जान नदिएको भन्दै वुहारीद्धारा सासुको हत्या

२०७३, ८ बैशाख बुधबार ०८:०३

गणेश सिर्पाली/वैशाख–८, रुकुम । हँसिया प्रहार गरी सासुको हत्या गर्ने बुहारीलाई रुकुम प्रहरीले पक्राउ गरेको छ । सासु ७२ बर्षिय बिष्णु कुमारी खत्रीको हत्या गर्ने रुकुम मग्मा ५ की १८ वर्षिय सुनिता खत्रीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
sunita

माईत जान्छु भन्दा सासुले गाली गर्दै फलामको चिम्टाले हानेको र सोही रिसको झोकमा हँसियाले २ पटक टाउकोमा हान्दा घाईते भई छटपटाई रहेको अवस्थामा सासुको घाटी थिचि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । सुनिताले आफुले नै हत्या गरेको स्विकार गरिसकेको पनि डिएसपी खड्काले बताउनुभयो । सासुको हत्या गरी छिमेकी जेठाजु नाता पर्ने लाल बहादुर खत्रीलाई मेरो सासुलाई कसैले मारेको छ भन्दै झुठा खवर फैलाउने सुनितालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान गरिएको प्रहरीको भनाई छ । सुनिताले हत्या गरेको स्विकारेको र घटनास्थलबाट बरामद भएको सबुदका आधारमा उनले नै हत्या गरेकाले जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घटनामा प्रयोग भएको हँसिया सुनिताले आफ्नो कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । सुनिताले गत बैशाख ५ गते राती ८ बजेको समयमा सासु बिष्णु कुमारीको हत्या गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला