२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमको ४ सय ८ हेक्टर वनमा आगलागी

२०७३, ९ बैशाख बिहीबार २०:११

गणेश सिर्पाली । वैशाख–१०, रुकुम । लामो समय सम्मको खडेरीका कारण रुकुमका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागीका घटना बढेका छन । जिल्ला वन कार्यालयले दिएको जानकारी अनुशार यो वर्षको अहिले सम्म १० ओटा सामुदायिक तथा राष्ट्रिय वन गरी ४ सय ८ हेक्टर क्षेत्रफलमा डडेलो लागेको छ ।

यो क्षेत्रफल जिल्लाको कुल बन क्षेत्रको शुन्य दशमलव २३ प्रतिशत हो । जिल्लाको १ लाख, ७१ हजार, १ सय, ९४ हेक्टर जमिन बन क्षेत्रले ओगटेको छ । जिल्लाका विभिन्न इलाकामा पर्ने वन क्षेत्रमा आगलागी हुँदा विभिन्न बहुमुल्य जडबुटी, बन्यजन्तु तथा बोट विरुवा जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा वर्षेनी वन क्षेत्रमा कमीसमेत आईरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाको सन्दर्भमा स्थानियले घर वरीपरीको खरवारीमा आगो लगाउँदा अनियन्त्रित भई वनमा लाग्ने ठुलो समस्या रहेको कार्यालयको भनाई छ ।

त्यस्तै लामो समयदेखी खडेरी परेका कारण बनमा रहेका ढुंगा खस्दा ठोक्किएर आगो लाग्ने र वनमा हिड्ने व्यक्तिले चुरोटका ठुटा जथाभावी फाल्दा पनि आगो लाग्ने समस्या रहेको छ । आगलागीका घटनालाई कम गर्न सचेत रहन जिल्ला वन कार्यालयले सबैमा आग्रह गरेको छ ।

सानो सजगताले पनि आगलागीका घटना कम गर्न सकिने भन्दै वनमा आगो नलैजान, घर वरीपरि आगो लगाउँदा विशेष ध्यान दिन, चुरोटका ठुटा जथाभावी नफाल्न कार्यालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन