2026-07-26 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमको ४ सय ८ हेक्टर वनमा आगलागी

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । लामो समय सम्मको खडेरीका कारण रुकुमका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागीका घटना बढेका छन ।

जिल्ला वन कार्यालयले दिएको जानकारी अनुशार यो वर्षको अहिले सम्म १० ओटा सामुदायिक तथा राष्ट्रिय वन गरी ४ सय ८ हेक्टर क्षेत्रफलमा डडेलो लागेको छ । यो क्षेत्रफल जिल्लाको कुल बन क्षेत्रको शुन्य दशमलव २३ प्रतिशत हो । जिल्लाको १ लाख, ७१ हजार, १ सय, ९४ हेक्टर जमिन बन क्षेत्रले ओगटेको छ । जिल्लाका विभिन्न इलाकामा पर्ने वन क्षेत्रमा आगलागी हुँदा विभिन्न बहुमुल्य जडबुटी, बन्यजन्तु तथा बोट विरुवा जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा वर्षेनी वन क्षेत्रमा कमीसमेत आईरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाको सन्दर्भमा स्थानियले घर वरीपरीको खरवारीमा आगो लगाउँदा अनियन्त्रित भई वनमा लाग्ने ठुलो समस्या रहेको कार्यालयको भनाई छ । त्यस्तै लामो समयदेखी खडेरी परेका कारण बनमा रहेका ढुंगा खस्दा ठोक्किएर आगो लाग्ने र वनमा हिड्ने व्यक्तिले चुरोटका ठुटा जथाभावी फाल्दा पनि आगो लाग्ने समस्या रहेको छ ।

आगलागीका घटनालाई कम गर्न सचेत रहन जिल्ला वन कार्यालयले सबैमा आग्रह गरेको छ । सानो सजगताले पनि आगलागीका घटना कम गर्न सकिने भन्दै वनमा आगो नलैजान, घर वरीपरि आगो लगाउँदा विशेष ध्यान दिन, चुरोटका ठुटा जथाभावी नफाल्न कार्यालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ