2026-09-13 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनाथालय खोजेका वालक तीन दिन देखि अज्ञात, साथीसंग यसो भनेका थिए…

प्रेम सुनार | असोज ८, बुटवल | मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिडे देखि बेपत्ता भएका छन । तिलोत्तम–१  मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ बर्षिय बालक युनिस गिरी बेपत्ता भएका हुन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार बेपत्ता बालकलाई खोजीका लागि परिवारजनले वडा कार्यालय रामनगरमा   उजुरी दिएका छन । खोजी कार्य तिब्र पारिए पनि फेला पर्न सकेका छैन । गिरी सोही वडाको चपरहट्टी स्थित सानै देखि मामाको घरमा बसेर पढ्दै आएका थिए । शनिवार विहान ७ बजेतिर युनिस निलो जिन्स पाईन्ट , सेत धर्के सर्ट र चप्पल लगाएर ट्युशन पढ्न हिडेका थिए ।

साथीसंग यसो भनेका थिए…

त्यस विद्यालयका पिन्सिपल कृष्णप्रसाद शर्मा संग सम्पर्क राख्दा उनि म्याथ पढाउने टिचरले ट्युशन पढ्न बोलाएर त्यस बिहान आई आठ बजे सकेर हिडेका थिए । शर्मा भन्छन–‘ हामीले कक्षा १० मै पढ्ने उनका साथीहरु संग सोध्यौं ।

उनिहरुका अनुसार उनि  साथीको साईकलमा चढेर बुटवल तर्फ लागेका थिए । उनले बुटवल तिर अनाथ आक्षम छ कि छैन भनेर सोधेका थिए । त्यस पछि उनको अवस्था अज्ञात छ ।’  शर्मा  थप्छन –‘उनकी आमाले उनलाई सानैम छाडेर दोश्रो विवाह गरी अन्यत्रै गएका थिए । त्यस यता उनि मावाली कै शरणमा थिए ।’

 उनको माम घर स्थित ठुली आमा अर्थात उनको आमाको दिदी लक्ष्मी क्षेत्र सग सम्पर्क राख्या त्यस दिन विहान बालक दुध पिएर हिडेका थिए । मामा घरमा हजुर बुवा हजुर आमा  मामा र ठुली आमा बस्दै आई रहेका थिए  ।

उनकी आमाको बिबहा डेढ दशक अघि बुटवल कै कालिका नगरमा भएको थियो । श्रीमानको मृत्यु भए पछि माईतीजनले पोखरामा दोश्रो विवाह गराई दिएका थिए । बालक सानै देखि मामा घरमा बस्दै आई रहेका थिए ।

बालकको घरका हजुर बुवा र उनका बाबु सहित दुबै भाई छोराहरुको मृत्यु भए पछि उनकी हजुर आमा पनि छोरीको घरमा बस्दै आई रहेकी छन । सबैले माया गरेकै थियो र कहिल्लै नराम्रो बचन पनि बोल्दैन्थ्यौं , खै किन अनाथ आश्रम खोजेको होला उसले साथीहरुलाई त्यसो भनेको भन्ने मैले पनि त्यही सुन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले