२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

शहिदको सम्झनामा १ लाख १५ हजार १५ को अक्षय कोष

२०७३, १४ बैशाख मंगलवार १२:३४

गणेश सिर्पाली । वैशाख–१४, रुकुम । रुकुमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा “चन्द्रकान्त, यज्ञश्वर र युमना शर्मा” अक्षय कोष स्थापना गरिएको छ । नुवाकोट ७ रुकुमका स्वर्गीय चन्द्रकान्त शर्मा र उहाँका छोरा, छोरी जनयुद्धका सहिद यज्ञश्वर र यमुनाको सम्झनामा अक्षय कोष स्थापना गरिएको हो ।

चन्द्रकान्तका छोरी ज्वाई मुकुन्द प्रसाद शर्मा र छोरी शुशिला शर्माले १ लाख १५ हजार १५ रकमको अक्षय कोष स्थापना गर्नुभएको छ । मुकुन्द प्रसाद शर्मा क्याम्पसका उप प्राध्यापक हुनुहुन्छ भने शुशिला शर्मा यमुना नन्द नमुना मावि शेरिगाउँकी समेत शिक्षिका हुनुहुन्छ । अक्षयकोषको व्याजबाट उठेको रकमबाट बर्षेनी सहिद परिवारका छोराछोरी, गरिब तथा विपन्न र जेहेनदार विद्यार्थीहरुलाई पुरस्कृत र सम्मानित गरिने छ । विद्यार्थीहरुलाई कुनै एक शिर्षकमा यज्ञश्वर शर्मा दिवंगत भएको भदौ १७ गते हरेक वर्ष पुरस्कृत गरिने बताईएको छ ।

यसैविच अक्षयकोष वितरणका लागी उप प्राध्यापक मुकुन्द प्रसाद शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा शुसिला शर्मा र क्याम्पस प्रमुख रहने जानकारी दिईएको छ । अक्षयकोषको संरक्षकमा सितादेवी शर्मा, दामा कुमारी शर्मा र श्रीकृष्ण शर्मा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै