2026-07-03 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रक्सिका वोतमा महिलाको फोटो नराख्न आग्रह

गणेश सिर्पाली/वैशाख–२८, रुकुम । मदिरा उत्पादन, विक्रिवितरण तथा सेवनले समाजलाई विकृतिको खाडलमा पु¥याएको भन्दै रुकुमका महिला अधिकारकर्मिहरुले राज्यको ध्यानाकर्षण गराएका छन । रक्सीका वोतलहरुमा महिलाको तस्विर नटाँस्न पनि उनिहरुको आग्रह छ ।

मंगलवार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र वुझाउँदै राज्यको ध्यानाकर्षण गराईएको हो । समाजमा विभिन्न खाले विकृतिहरु मौलाईरहेको त्यसमा मदिरा प्रमुख रुपमा देखिएको ज्ञापनपत्रमा उल्लेख छ । मदिरा उत्पादनले समाजमा २÷४ जनालाई उन्नतिको शिखरमा पु¥याएको भएपनि अन्य हजारौँलाई घरवास विहिन वनाएको छ, ज्ञापनपत्रमा भनिएको छ – कालो धन असुल्ने नाममा हत्या, लुटपाट, वलत्कार, घरेलु हिंसा जस्ता घटनाहरु भैरहेका छन् यसको हामी खुलेर विरोध गर्छौँ ।

पारिवारीक रुपमा विछोड, वालवालिका वेवारिसे हुनु, जस्ता घटनाहरु मदिरा सेवनले नै हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ । कालो धन असुल्ने नाममा रक्सी तथा वियरका वोतलहरुमा महिलाका तस्विरहरु टाँसिएको छ, यसको अन्त्य गरी स्वस्थ सुन्दर र समुन्नत समाजको निर्माण गर्नु हामी सवैको कर्तव्य हो, यि विकृतिहरु वन्द गरि सुन्दर रुकुम निमार्णको प्रकृयामा सहभागि हुन आह्वान गर्दै हार्दिककता पुर्वक गरिएको अनुरोधलाई लत्याएमा जतिवेला पनि पनि आन्दोलनको निशानी वन्न सक्ने कुरा ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन–पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले मागहरु प्रति आफु सकारात्मक रहेको भन्दै सम्वन्धित निकाय सम्म पु¥याएर आफुले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । अन्तरपार्टी महिला सञ्जाल रुकुमकी अध्यक्ष दिला महतराको नेतृत्वमा ज्ञापनपत्र वुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक