Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

निर्माण व्यवसायी महासंघमा रामेछापबाट उपमहासचिवसहित ७ जना निर्वाचित

२०७५, १२ आश्विन शुक्रबार १३:२०

प्रज्वल पौडेल । असाेज १२, काठमाण्डौ ।

नेपाल निर्माण व्यवसायी महासंघमा रामेछाप जिल्लाबाट उपमहासचिवसहित ७ जना निर्वाचित भएका छन् । राजधानीमा असोज ४, ५ र ६ गते भएको अधिवेशनमा रामेछाप लखनपुरका धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाई महासचिव (नीतिगततर्फ)मा र मुगिटारका गाल्वा निर्माण सेवाका नरहरी थपलिया उपमहासचिव (आन्तरिकतर्फ) निर्वाचित भएको रामेछाप निर्माण व्यवसायी संघका रामकुमार पाण्डेले जानकारी दिए । 

उनका अनुसार कोषाध्यक्षमा ठोसेका सइलोन कम्पनी लिमिटेडका हिरण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा बाम्तिका एस् के समिक्षा कम्पनी लिमिटेडकी सरस्वती कार्की निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा साघुँटारका अशोक केसी निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश ३ को उपाध्यक्षमा चुचुरेका च्याङमिला कम्पनी प्रालिका पेम्बा लामा शेर्पा र एसोसियटको उपाध्यक्षमा पी एस् कम्पनि प्रालिका आङदोर्जी लामा (एडि)  निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुले सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको बताएका छन् । निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्यले दिए मात्र समयमा काम सम्पन्न हुने धारणा राखे । 

व्यवसायीहरुले ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाएर व्यवसायलाई वैज्ञानिक प्रणालीको आधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

चुनावमा रामेछाप गुम्देलका एन सि शेर्पाले एसोसियट सदस्य, लक्ष्मी बस्नेतले महासंघ खुल्ला सदस्य र बुद्धि बहादुर कार्कीले प्रदेशको खुल्ला सदस्यमा पराजय भएका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा यक्षध्वज कार्कीलाई पराजित गर्दै रवि सिंह विजयी भए । अधिवेशनले अन्य पदाधिकारीसमेत निर्वाचित गरेको थियो ।

कुल ५५ सदस्यीय कार्य समितिमध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने महासंघले जनाएको छ।

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश