2026-09-13 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीतन्त्र र अदालतमा दलाल पुँजीवाद छ: गृहमन्त्री थापा

प्रेम सुनार | असोज १३, बुटवल | एक कार्यक्रमलाई सम्वोधन गर्न बुटवल आई पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले यो देशको ब्युरोक्रेसी, अदाल र राजनैतिक दल समेतमा दलाल पुँजीवाद् विद्यामान रहेको बताएका छन । गृहमन्त्रालयको आयोजनामा –‘ लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्युनिकरण’ बिषयक कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘ब्युरोक्रेस , अदालत र राजनैतिक दल समेत दलाल पुँजीवाद हुन्, उनिहरु जनताको सत्र हुन उनिहरुलाई जनता र सरकार मिलेर तह नलगाए सम्म समृद्धिको सपना पुरा हुन सक्दैन उनले भने –‘ निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनालाई राजनीतिकरण गरेर त्यस्ता तत्वहरु अहिले सरकार विरुद्ध खनिएका छन ।’

एक बर्षमा लागु औषध सेवन ९० प्रतिशत कम गर्ने गरी र मदिरा सेवन ५० प्रतिशत कम  गर्ने लक्ष्य सहित  गृहमन्त्रालये काम अगाडी सारेको मन्त्री थापाले बताए । बलात्कार, हत्या-हिंशा लागु औषध र मदिरा सेवनबाटै हुने गरेको तर्क राख्दै उनले  स्थानिय स्तरमा सर्वसाधरण देखि राजनैतिक दल, जनप्रतिनिधी संघ संस्थाले त्यस्ता पदार्थहरुको  न्युनिरणका निम्ति उत्तरदायित्व वहन गर्न पर्ने उनको आग्रह थियो  ।

कमसल सडक बनाएर दुर्घटना निम्ताउने ठेकेदार ,  राम्रो सगं डिजाईन/स्टुमेट नै नगरी  सडक र अन्य  भौतिक संरचना निर्माण गर्ने  ईन्जिनियर र भ्रष्ट कर्मचारी  पनि जनताका सत्रु भएको उनको ठम्याँई छ । उनले ७ सय ७३ वटै  स्थानिय तहका वडा स्तरबाटै मदिरा र लागु औषध नियन्त्रणको अभियान चलाउन लागिएको जानकारी दिए ।

उनले बलात्कारीलाई फाँसी दिनु पर्ने कि त नपुसंक बनाउनु पर्ने सुझाव आएकोले ऐन संशोधन गरिने तर्फ सरकारको ध्यान गएको बताए ।  उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तबा बारेमा सरकारसंग निहु खोज्न आन्दोलन गरिएको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले