2026-08-30 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मातपोत प्रवेशमा लेखपाढी व्यवसायीलाई रोक

असोज १४, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाइएको हो । 

विभागले यसअघि नै कार्यालयलाई दश वुदे निर्देशन पठाइएको थियो । मालपोत कार्यालयमा अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा रोकदेखी टोकन प्रणाली लागु गर्नसम्मका निर्देशन विभागले पठाएको पत्रमा उल्लेख छ । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मीकुमार विश्वकर्माले पनि कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाएको जानकारी दिए । उनले तत्कालका लागि लेखापढी व्यवसायीहरुको भवनको ढोका पश्चिमबाट खोलेर काम गर्न निर्देशन दिएको बताए । दलाली र विचौलियाहरुका कारण सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा कर्मचारीसंग भेट नगरेर काम गर्नु पर्ने अवस्था नआहोस् भन्न व्यवसायीहरुलाई हटाइएको उल्लेख गरे । ‘कार्यालय अघि सशस्त्रको क्याम्प र सडक किनारामा बस्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ’ कार्यालय प्रमुख विश्वकर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, लेखापढी व्यवसायीहरु र कार्यालयविच तत्कालका लागि सहज रुपमा काम गर्ने वातावरण तय गर्ने विषयमा छलफल भएपनि दिर्घकालिन रुपमा उनीहरुलाई कार्यालय परिसरमा बस्न भने दिँदैनौं ।’

कार्यालय परिसरबाट हटाइएका व्यवसायीहरु सडक किनारामा बसेपछि ट्राफिक प्रहरीले त्यहाँबाट समेत हटाइएको थियो । विभागले सेवाग्रही मात्रै कार्यालयमा प्रवेश गर्न पाउनु पर्ने, लेखापढी व्यवसायीहरुले कार्यालय परिसर बहिरबाटै सेवा प्रवाह गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्य रुपमा परिचयपत्र लगाएर कार्यालयको शुरुको प्रवेश विन्दुमा मात्र जान पाउने, उनीहरुको सम्पूर्ण विवरणमा सम्वन्धित कार्यालयमा दर्ता भएको हुनुपर्ने उल्लेख छ । यस्तै, लेखापढी व्यवसायीहरुले लिनुपर्ने शुल्क रकम जिल्ला न्याय क्षेत्र समन्वय समितिले निर्धारण गर्नुपर्ने, कार्यालय परिसरमा रहेका लेखापढी व्यवसायीहरुका संरचना कार्यालय मातहतमा ल्याइने, सेवाग्राहीहरुका लागि फाँट अनुसार टोकन प्रणालीको व्यवस्था गर्न मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने