२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले: मन्त्री पोखरेल

२०७५, १७ आश्विन बुधबार १४:३७

असोज १७, सिरहा | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको उद्घाटन तथा पूर्ण विद्यार्थी भर्ना कार्यक्रममको घोषणा गर्दै मंगलबार मन्त्री पोखरेलले राज्यले जुन परिणाम सामुदायीक विद्यालयमा लगानी गरेको छ, त्यो अनुसारको प्रतिफल दिन नसकेको बताएका हुन् । 

सामुदायीक विद्यालय सुधारको लागि मन्त्रालयले २२ बुदे विद्यालय सुधार योजना बनाएको भन्दै मन्त्री पोखरेलले भने, ‘सामुदायीक विद्यालयको अवस्था लगानीको हिसावले अत्यन्तै कमजोर रहेको छ, वयसलाई सहि ठाउँमा ल्याउन सवैतहका सरकारसँगै सम्पूर्ण अभिभावक तथा सामुदायीक  अध्ययन केन्द्रहरुको पनि सकारात्मक भूमिका आवश्यक छ ।’

उनले देशमा पटक पटक राजनीतिक परीवर्तन भएपनि शिक्षा क्षेत्रमा सुधार आउन नसकेको औंल्याउनु भयो । मन्त्री पोखरेलले भन्नु भयो, ‘देशमा प्रजातन्त्र, लोक तन्त्र, गणतन्त्र आयो तर सामुदायीक शिक्षाको क्षेत्रमा त्यसको कुनै असर देखीएन, अव शिक्षाक्षेत्र यही अवस्थामा रहन सक्दैन ।’

परिवर्तित समय अनुसार शिक्षाको क्षेत्रमा पनि विकास गर्दै सामुदायीक विद्यालयहरुमा पनि अव प्रविधिक धारको विस्तार गर्नु जरुरी रहेको पनि मन्त्री पोखरेलले बताए । हाम्रो शिक्षा अझै पनि १०÷१२ वर्ष सम्म पढ्यो विद्यालयबाट निस्कदा सर्टिफिकेटबाहेक केही हुँदैन त्यसैले अवको शिक्षा प्रविधिक हुविधिक तथा बैज्ञानिक हुनु पर्नेमा जोड दिंदै सरकारले पनि यो दिशामा काम अगाडी बढाईरहेको मन्त्री पोखरेलले बताए । 

सोही क्रममा मन्त्री पोखरेलले संघियता जटिल विषय भएको बताए । उनले राजनीतिक रुपमा हामी संघियतामा गएको भएपनि यसको कार्यान्वन प्रकृया जटिल रहेको सुनाए । उनले भने, ‘संघियता सुन जति सहज छ, त्यसलाई लागुगर्न त्यतिकै जटिल छ । जटिल कामलाई पार लगाउन पनि सवैतहका प्रतिनिधीहरुले सोही अनुसारको मेहन गर्न जरुरी हुन्छ ।’

सोही क्रममा गोलबजार नगारपालीकामा रहेको सम्र्पू बालबालिका विद्यालय भर्ना भईसको घोषण भएको छ । गमेलबजार नगरपालीकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएको घोषणा गरेको छ । 


विशेष भर्ना अभियान अन्तर्गत नगरपालीकाले नगरक्षेत्रका ३१ व्टा सामुदायीक विद्यालयमा एक सय ७५ छात्र र एक सय ८९ जना छात्रा सहित तीन सय ६४ जना विद्यार्थी भर्ना गराएको जनाएको छ । नगरक्षेत्रका ३१ सामुदायीक विद्यालयमा चार हजार आठ सय २४ छात्रा र चार हजार छ सय २० छात्र सहिज जम्मा नौं हजार चार सय ४४ विद्यार्थि रहेको नगर शिक्षा समितिले जनाएको छ ।

कराते प्रतियोतितामा भने सातै प्रदेश तथा स्थानीय आयोजक समिति सहित आड टिमका एक सय २० जना खेलाडीको सहभागीता रहेको छ । खेल बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी