२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

गम्भीर प्रकृतीका घटनाका दोषीले माफि पाउँदैनन्: सुवेदी

२०७२, १३ माघ बुधबार ११:२४

पूर्णप्रसाद न्यौपाने/ माघ १३, ओखलढुंगा । द्धन्द्धको
समयमा भएका गम्भीर प्रकृतीका घटनाका दोषीले कुनै हालतमा माफि नपाउने सत्य निरुपण तथा मेलमिलाप आयोगका
सदस्य श्रीकृष्ण सुवेदीले बताउनुभएको छ । आयोगले आज ओखलढुंगामा आयोजना गरेको सरोकारवालाहरुसँगको
अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामो समयको गृहकार्यपछि एक वर्ष अगाडिमात्रै विधिवतरुपमा गठन भएको आयोगले अहिले सम्ममा
५० वटा जिल्लामा पुगेर अन्तरक्रिया गरिसकेको भन्दै आफ्ना कामहरु तिव्रगतीमा अघिबढाएर आयोगले पाएको
जिम्मेवारी पुरागर्ने दावी गर्नुभयो । आयोगले द्धन्द बढाउन नभइ पिडितहरुको दिगो रुपमा समास्या समाधान
गर्न भुमिका खेल्ने भन्दै २०५२ फागुन १ देखि ६३ मंसिर ५ गते सम्ममा द्धन्दको समयमा भएका घटनाहरुको सत्य
तथ्य छानबीन गरि यथार्थ बाहिर ल्याउने बताउनुभयो । आयोग गठन भएको १ बर्ष बित्न लाग्दा समेत हाल सम्म
कुनै प्रभाबकारी काम गर्न नसकेको आयोगले द्धन्दको समयमा दुबै पक्षबाट बेपत्ता पारिएका हरुका बारेमा पनि
गहिरो अध्ययन गर्ने सुबेदीले बताउनुभयो ।

okhaldhunga - sajha sabal
उहाँले द्धन्द्धका समयमा भएका गम्भीर प्रकृतीका घटनाका दोषीलाई
कारबाहि र पीडितलाई न्याय दिनका लागि आयोगले निश्पक्ष भएर सिफासीसको काम गर्ने बताउनुभयो । सत्य निरुपण
तथा मेलमिलाप आयोग स्वतन्त्र आयोग भएकाले स्वतन्त्र भएर नै कामगर्न पाउनुपर्ने भन्दै पछिल्लो समय केहि
केहि विषयमा सरकार र अदालतले गरेका निर्णयहरुले आयोगको काममाथी प्रश्न उब्जाएको उहाँको भनाई थियो ।
आयोगले यहि माघ २५ गते तत्कालीन द्धन्द्धका समयमा भएका घाईते तथा पीडितको उपचार गर्न,द्धन्द्ध पीडितले
पाउने छात्रवृत्तीमा हतबन्दि हटाउन लगाएतका विषयमा केहि महत्वपूर्ण सिफारीस सरकारलाई बुझाउने समेत सदस्य
सुवेदीले जानकारी दिनुभयो ।

सदस्य सुबेदी सहित आयोगको
टोलीले ओखलढुगांका द्धन्द प्रभाबित ब्यक्तिहरु, नागरिक समाज, अधिकारबादीहरु, पत्रकार, राजनितिक दल तथा
कार्यलय प्रमखुहरु संग छलफल गरेको हो । छलफलमा सहभागीहरुले पिडितको परिवारमा द्धन्दको घाउ अझै निको
नभएको भन्दै द्धन्दको समयमा मारिएका, बेपत्ता भएका र घरबार बिहिन भएकाका परिवारको रेखदेख गर्ने ब्यबस्था
गर्न आग्रह गरेका थिए ।

okhaldhunga sajhasabal
मृतकका बालबच्चा
अहिले पनि बेसाहारा रहेको भन्दै पढाउने र रोजगारीको ब्यबस्था गरिदिन आग्रह गरेको स्थानिय शान्ति समिति
ओखलढुंगाका संयोजक नेत्रबहादुर नेम्बाङले बताउनुभयो । कार्यक्रममा भएको छलफलले जिल्लाका द्धन्द्ध पिडित
तथा प्रभावितका जिज्ञासा केहि हदसम्म भएपनि समाधान गर्ने प्रयास गरेको स्थानिय शान्ति समिति ओखलढुंगाका
सचिव निलम अधिकारीको भनाई छ ।

ओखलढुंगामा पनि द्धन्द्ध पिडित र
प्रभावितहरुको अवस्था चिन्ताजनक रहेको भन्दै आयोगले त्यो समस्या समाधानमा ध्यान दिनुपर्ने
सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !