Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा भोजको फोहोर सफा नगरेको भन्दै विद्यालयबाट निकालिए दलित विद्यार्थी

२०७५, १८ आश्विन बिहीबार ०८:५९

असोज १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । 

किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेको हेा ।

मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका विद्यार्थी हुन् ।


विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभोज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।

मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।

असोज १० गते पढाइ बन्द गरी विद्यालय परिसरमा किरिया भोज खुवाइएको थियो । भोजपछि बाँकी रहेको खानेकुरा र फोहोर डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको हरिनमरीको दावी छ ।

विद्यालयबाट निष्कासनमा परेका मुकेशले आफूलाई न्याय दिलाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ