Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरी प्रहरीद्वारा दुई लाखको कपडा र पटाका बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २१, गौशाला (रासस) | भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका रु २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो ।

उहाँले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताउनुभयो ।

बरामद कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।