Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा दुर्घटना: दुई चालकको मृत्यु

२०७५, २२ आश्विन सोमबार १६:४५

असोज २२, नुवाकोट | जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । 

बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको हो । 

पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नं को ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरिक्षक वसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । 

यस्तै लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्ब्रको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका चालक पर्सा वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएको चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश