2026-09-18 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको ओखरपौवास्थित स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

असोज २३, बेत्रावती (रासस) | भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । 

‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले काठमाडाँै उपत्यकाको फोहर विसर्जनका कारण विभिन्न रोग देखा पर्ने गरेकामा नयाँ भवनका कारण स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा (लामा)ले स्थानीयवासीको माग बमोजिम स्वास्थ्य चौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । रु एक करोडको लागतमा निर्माण गरिएको सो भवनमा बहिरङ्ग, प्रसूति, गर्भजाँच, औषधि कक्ष र कर्मचारी निवासको व्यवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज पर्शुराम अर्यालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्ससमेत यही स्वास्थ्य संस्थामार्फत सञ्चालन गर्न लागिएको छ । 

भवन हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ्ग सिक पार्क, कोइकाका नेपालस्थित आवासीय प्रमुख डा होङ क्यो किम, जिएनआइका नेपालस्थित आवासीय प्रमुख मिन हो चोइ, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि शान्ति काररञ्जितलगायतको उपस्थिति रहेको थियो । यहाँ ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण जारी छ । भूकम्पले जिल्लाका ८० स्वास्थ्य संस्थामा क्षति पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई