2026-10-15 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समृद्धिका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य: मुख्यमन्त्री शाही

असोज २५, सुर्खेत । कर्णालीको समृद्धि र बिकासका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य भएको बताइएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा विहीबार प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको बिकासका लागि नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकार गम्भीर रहेको बताए ।

शान्ति सुरक्षा विना अन्य बिकासको कल्पना नहुने भन्दै उनले सबै नागरिकलाई सुरक्षाको प्रत्याभुति हुनु पर्नेमा जोड दिए । ‘सबै नागरिकले सुरक्षित भएको महसुस गर्न सके मात्र यहाँ अन्य बिकास योजनामा पनि लगानीको वातावरण बन्छ’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको समृद्धिका लागि पनि सबैले सुरक्षित महसुन गर्ने सक्ने प्रभावकारी सुरक्षा व्यवस्था जरुरी छ ।’ प्रदेशको शान्ति सुरक्षाका लागि प्रहरीले आपराधिक क्रियाकलाप रोक्न आफ्नो संयन्त्रलाई सफल बनाउनु पर्नेमा जोड दिए ।

कर्णाली प्रदेशमा प्रहरी र त्यसका संरचनाहरुलाई स्रोत साधनको अभाव हुन नदिने उनले बताए । ‘सुरक्षा निकायलाई स्रोत साधन सम्पन्न र प्रभावकारी बनाउने प्रदेश सरकारले निती तथा कार्यक्रममा उल्लेख गरिसकेको छ’ उनले भने, ‘आफ्नो निती अनुसार सरकार प्रतिबद्ध छ ।’ विकटमा प्रहरी बस्ने चौकीहरू नै कमजोर र जीर्ण भएको भन्दै तिनीहरुको निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । समाजमा अपराधका घटनाहरु रोक्न प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न प्रहरी संगठनलाई आग्रह समेत गरे ।

सफलता पाउँदै प्रहरी

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले अनुसन्धानमा ९३ प्रतिशत सफल भएको दाबी गरेको छ । पछिल्लो तीन महिनामा जिल्लाका अपराधिक घटना अनुसन्धानमा भएको सफलताका आधारमा प्रहरीले यस्तो दाबी गरेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जिल्लामा चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म भएको ३२ वटा अपराधिक घटनामा ९३ प्रतिशत अनुसन्धान सफल रहेको बताए ।

जिल्लाको विभिन्न घटनामा संलग्नमध्ये ५३ जना पक्राउ परेका छन् । जसमा अधिकांश पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही हिरासतमा रहेको खड्काले बताए । अघिल्लो आर्थिक वर्षको तुलनमा यो वर्ष अनुसन्धानमा सफलता भएको डिएसपी खड्काले दाबी गरे । ‘शान्ति सुरक्षा कायम गर्ने र घटना हुना साथ अनुसन्धानमा लागेका छौँ,’ उनले भने, ‘गत तीन महिनामा अनुसन्धानबाट पाएको सफलताले हौसला मिलेको छ ।’ उनले अनुसन्धानमा सफलता पाउनुमा आम नागरिक तथा राजनीतिक दलको महत्वपुर्ण भूमिका रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु