१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा महराले भने- क्रान्तिकारी शक्तिहरु बिच एकता जरुरी छ

१५ माघ २०७२, शुक्रबार १५:३८

१५ माघ प्युठान
एकीकृत नेकपा माओबादिका महासचिव कृष्ण बहादुर महराले क्रान्तिकारी माओबादीहरु बिच पार्टी एकता हुनुपर्ने बताएका छ्न।
एमाओबादि प्युठानले आज पुर्ण्यखोलामा आयोजना गरेको जिल्लास्तरिय कार्यकर्तालाइ पर्शिक्षण दिदै उनले एमाओबादी नयाँ पहिचान सहित नयाँ पार्टी निर्माणको महाअभियानमा जुटेको र सबैले पार्टी एकताको महत्वलाइ बुझन कार्यकर्तालाइ आग्रह समेत गरे। महासचिव महराले सहिद परिवार, बेपत्ता,घाइते तथा अपाङ्गहरुको मर्म र भावनाको कदर गर्दै अघि बढ्न पनि सहभागी कार्यकर्तालाइ निर्देशन दिए। पुर्बउपप्रधान एवं ग्रुहमन्त्री समेत रहेका नेता महराले बिगतका कमिकमजोरीबाट अब पार्टी सच्चिएको जिकिर गर्दै एमाओबादी जनताको पार्टी भएको शन्देश दिनुपर्ने बताए। जिल्लास्तरका पार्टिका सबै जनबर्गिय संगठनका प्रमुखहरु सहिद तथा बेपत्ता परिवारले पार्टिको राजनितिक रणनितीको बिषयमा प्रतिक्रीयात्मक जिज्ञासा राखेका थिए। पार्टिका जिल्ला इन्चार्ज कृष्णध्वज खड्काको अध्यक्षता रहेको कार्यक्रममा केन्द्र तथा प्रदेशको बारेमा तयार पारिएको परिपत्र नेता कृष्ण घिमिरेले बाचन गरेका थिए। जिल्ला खेलकुद बिकास समितिको कभर्डहल पुर्ण्यखोलामा आयोजित कार्यक्रममा पुर्बप्रदेश प्रमुख जगप्रसाद शर्मा, केन्दृय सल्लाहकार बोम बहादुर भण्डारी, संसद पुनाराम थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो।
जिल्लाको ४२ गाबिस र नगरपालिकाबाट ३ सय भन्दा बढी कार्यकर्ता सहभागी रहेको उक्त पर्शिक्षण कार्यक्रमको सन्चालन एमाओबादीका प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी प्रकाशले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का