२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पत्रकार महासंघकोभवन एक वर्षभित्र बनाईसक्ने ओखलढुंगाका पत्रकारहरुको सामुहिक प्रतिवद्धता

२०७२, २१ माघ बिहीबार ०३:१९

पूर्णप्रसाद
न्यौपाने/ माघ २१, ओखलढुंगा । 
ओखलढुंगाका पत्रकारहरुले नेपालपत्रकार महासंघ जिल्लाशाखा
ओखलढुंगाको भवन आगामी एक वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका जनाएका छन् । आगामी आर्थीकवर्ष
भित्रैमा महासंघको भवन निर्माण गरिसक्ने महासंघद्धारा आयोजीत एक कार्यक्रममा जिल्लाका क्रियाशील सबै
पत्रकारहरुले सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

 

पत्रकार महासंघलाई जिल्लामा
व्यवस्थीत बनाउन र भवन निर्माणका लागि सबै एकभएर लागि पर्ने सामुहिक प्रतिवद्धता अनुसार महासंघ शाखाले
काम अघि बढाईसकेको शाखाका अध्यक्ष दिपेन्द्र रुम्दालीले बताउनुभयो । भवन निर्माणका लागि जग्गा खरिद,
नक्सापास सहित अन्य सबै मापदण्डहरु पुरा गरिसकेकाले महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र
विष्टद्धारा यो महिना भित्रै शिलान्यास गर्ने कार्यक्रम तय भईसकेको उहाँको भनाई छ । पुर्वाञ्चलका सबै
पत्रकार महासंघ शाखाका आ–आफ्नै भवन रहेपनि ओखलढुंगा र सोलुखुम्बु शाखा आफ्नै भवन नहुँदा अहिले पनि
भाडामा छन् ।
जिल्लाका क्रियाशील सबै पत्रकारहरुको भेलाबाट नेपालपत्रकार महासंघ जिल्लाशाखा
ओखलढुंगाको भवन निर्माणका लागि निर्माण समिति विस्तार गरी विभिन्न उपसमिति समेत गठन गरिएको छ । भेलाले
यस अघि गठन गरिएको निर्माण समितिलाई पूर्णता दिएको हो । भवन निर्माण समितिमा महासंघ जिल्ला शाखाका
अध्यक्ष दिपेन्द्र रुम्दालीको अध्यक्षतामा शाखाका पदाधिकारी सहित जिल्लामा क्रियाशील सबै २६ जना
पत्रकारहरु सदस्य रहेका छन् ।
भवननिर्माणका लागि महासंघका कोषाध्यक्ष शिवप्रसाद ढुंगानाको
संयोजकत्वमा जिल्लाका सबै सामुदायिक रेडियोका स्टेसन म्यानेजरहरु लगाएत सम्मेलीत आर्थिक उप समिति,
महासंघका सचिव कुम्भराज राईको संयोजकत्वमा प्रचार–प्रसार उपसिमत तथा रविन श्रेष्ठको संयोजकत्वमा खेलकुद
उपसिमत गठन भएको छ ।
भेलाले यहिमाघ २६ गतेबाट तीनदिने पुनःताजगी तालिम संचालनगर्ने, शाखाको साधारण
सभा तथा भवनको माघ २८ गते शिलान्यास गर्ने कार्यक्रमपनि तय गरेको छ । भवन निर्माणलाई प्रचार तथा सहयोग
संकलनगर्ने उद्देश्यले मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजनागर्ने,नयाँ सदस्यताका लागि आवेदन खुल्ला
गर्ने लगाएताका निर्णय पनि भएको नेपाल पत्रकारमहासंघ शाखा ओखलढुंगाले जनाएको छ । व्यत्तीत्व विकास
सहितको पुनःताजगी तालिम संचालनगरिने भएकाले तालिममा सहभागी हुन सबै क्रियाशील पत्रकारहरु लाई महासंघले
अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !