२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

श्रोता सर्वेक्षण र क्लव गठन अभियान सुरु(प्युठानी तारा सिजन 3 – २०७३

२२ माघ २०७२, शुक्रबार ०८:३२

pyuthan 1सलिम अन्सारी  २१ माघ प्यूठान ।

हरेक वस्ति र विद्यालयमा पुग्ने लक्ष्य

जिल्लाका ४ मिडियाले जनताको पहुंच मिडियासम्म पुर्याउने उद्धेश्यका साथ संयुक्तरुपमा श्रोता सर्वेक्षेण तथा श्रोताक्लव गठन अभियान सुरु गरेका छन्। गाउ वस्तिमा भएका समाचारहरु मिडियासम्म पुर्याई सरोकारवाला पक्षको ध्यान जनतामा केन्द्रित गर्ने र संभावित पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं नेपाल पर्यटन पत्रकार समुह प्यूठानका अध्यक्ष हरि भण्डारीले वताउनु भयो।

रेडियो लिस्ने आवाज, स्वर्गद्धारी टेलिभिजन, लिस्ने जनसञ्चार साप्ताहिक र प्राणरक्षा मासिकले संयुक्तरुपमा सञ्चालन गर्ने यो अभियानको आज जनता उच्च मावि वाग्दुलामा एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। रेडियो लिस्ने आवाज १०३.६ मेगाहर्जका स्टेसन म्यानेजर एवं प्यूठानी तारा सिजन थ्रि का संयोजक नोमराज पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनता उच्च मा वि वाग्दुलाका प्राचार्य देवराज गौतम झिमरुक क्याम्पसका क्याम्पस प्रमुख नागेसचन्द्र सुवेदि सञ्चारकर्मि विनोद भण्डारी, लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वोल्दै प्राचार्य देवराज गौतमले यो अभियान र मिडियाले सञ्चालन गर्ने प्यूठानी तारा सिजन थ्रि को सामाजिक विकास र समृद्धिका निम्ति अत्यन्तै महत्वपुर्ण हुने वताउनु भयो। जिल्लाका चार मिडियाहरुले संयुक्तरुमा संचालन गरेको अभियान र प्यूठानी तारा कार्यक्रम मनोरञ्जनको लागि मात्र नभई आर्थिक समृद्धि र व्यावसायिकरणको अभियान पनि रहेको वताउनु भयो। जिल्लाका मिडियाहरुले कला र साहित्य क्षेत्रका कार्यक्रमको आयोजना गरि यस क्षेत्रका प्रतिभाको निम्ति उज्वल भविस्यको वाटो देखाउने सुनौलो अवसर प्रदान गरेको वताउनु भयो। झिमरुक क्याम्पसका प्रमुख नागेसचन्द्र सुवेदिले आजको आवस्यकता क्षेमता र कला वेच्नसक्ने कलात्मक दक्षताको आवस्यकता रहेको भन्दै यस्ता कार्यक्रमहरु कला साहित्य र पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण हुने वताउनु भयो। सञ्चारकर्मि विनोद भण्डारीले विगतका प्यूठानी ताराका विजेताहरु अहिले व्यावसायिक कलाकारीता गरिरहेकाले यो कार्यक्रम कला साहित्यको व्यावसायिकरणको अभियान रहेको वताउनु भयो।

रेडियो लिस्ने आवाजको आयोजना, स्वर्गद्धारी टेलिभिजन, लिस्ने जनसञ्चार साप्ताहिक र प्राणरक्षा मासिकको सहआयोजनामा अहिले प्यूठानी तारा सिजन थ्रि को अभियान चलिरहेको छ। पस्चिम र मध्यपस्चिमक्षेत्रको कला साहित्य र पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालित कार्यक्रममा ३ वटा विद्या रहेका छन्। गायन क्षेत्रमा गायन तारा, नृत्य क्षेत्रमा नृत्य तारा र साहित्य क्षेत्रमा पर्यटन साहित्य तारा घोषणा गर्ने अभियानमा ४० भन्दा वढि मिडियाले पार्टनरसिप गरिरहेको प्रचारप्रसार समितिका संयोजक हरि भण्डारीले वताउनु भयो। प्रतियोगिताको छनौट चरण दाङ र प्यूठानमा सम्पन्न हुने उहांले वताउनु भयो। दाङमा फागुन २२ र प्यूठानमा फागुन २४ मा छनोट चरण हुने प्रतियोगितामा प्यूठान, दाङ, गुल्मि लगायतका जिल्लावाट फाराम भर्न सकिने छ। गायन र नृत्य क्षेत्रमा प्रथम पुरस्कार ५० हजार द्धितिय २० हजार र तृतिय १० हजार रहेको छ। साहित्य तारामा प्रथम पुरस्कार १० हजार, द्धितिय ५ हजार र तृतिय ३ हजार नगद संगै मेडल र प्रमाणपत्र प्रदान गरिने छ। ६ चरणमा सम्पन्न हुने प्रतियोगिताका वांकि ५ चरण प्यूठानमै सम्पन्न हुने वताईएको छ। वैशाख ४ गते वृहत कार्यक्रमको आयोजना गरि तारा घोषणा गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ। स्वच्छ प्रतियोगिताका लागि प्रतिभास्थलमा तत्कालै नतिजा घोषणा, मुल्यांकनकर्तालाई पुर्ण अधिकार लगायतका योजनाहरु आयोजकले वनाएको छ। जिल्लाका ग्रामिण वस्तिलाई मिडियामाझ जोडने उद्धेश्यका साथ प्यूठानी तारा सिजन थ्रि को क्रममै मिडियाहरुले श्रोता सर्वेक्षेण र क्लव गठन अभियान थालनि गरेका हुन। विद्यालयहरुमा गठन गरिने श्रोता क्लव सदाचार, शुसासन र अनुसासनको निम्ति क्रियासिल हुने संयोजक भण्डारीले वताउनु भयो।

फागुन २० सम्म चल्ने यो अभियान जिल्लालाई २ क्षेत्रमा विभाजन गरि सञ्चालन गरिएको छ। रेडियो लिस्ने आवाजका समाचार प्रमुख राजेन्द्र रावत क्षेत्रिको संयोजकत्वमा क्षेत्र नं २ र प्राविधिक सहायक वोम वहादुर परियारको संयोजकत्वमा क्षेत्र नं १ मा अभियान सञ्चालन गरिने छ। अभियान टोलि जिल्लाका अधिकांस विद्यालय र वस्तिमा पुग्नेछन्। अभियान टोलि पुगेको स्थानमा प्यूठानी तारा सिजन थ्रि को फाराम भर्न सकिने मुल आयोजक समितिले जनाएको छ। आज भएको उद्घाटन कार्यक्रमा वोल्दै प्यूठानी तारा सिजन थ्रि का संयोजक नोमराज पौडेलले विगतका प्यूठानी तारामा हासिल गरेका अनुभवलाई प्रयोग गर्दै विसिस्ट अनुभवलाई प्रयोग गर्दै अगाडि वढ्ने हुदा सवैमाझ सहयोगको निम्ति आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन प्यूठानी तारा मुल आयोजक समितिका सदस्यसचिव भरतमणि पौडेलले गर्नुभएको थियो।
आज जनता उच्च मा वि वाग्दुलामा संजिता पाण्डेको अध्यक्षतामा ११ सदस्यिय झिमरुक रेडियो लिस्ने श्रोता क्लव गठन गरिएको छ। जसको उपाध्यक्ष कल्पना केसि, सचिव अनिसा केसि, सह सचिव पदम गिरि, कोषाध्यक्ष दिपक पछाइ रहनुभएको छ। भने सदस्यहरुमा सिमा पुन, गिता जैसि, चुमानसिंह वुढा, अमृता थापा नरेन्द्र चन्द र खेतुलाल विक रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य