Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा यात्रुबहाक बस दुर्घटना: एकको मृत्यु, ८ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ५, सप्तरी । सप्तरीको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ७ मा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई रोडको उत्तरतर्फ खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक काभ्रे घर भएका ४५ बर्षका दीपक राईको मृत्यु भएको छ । घाइते भएका उनलाई उपचारका लागि लहान लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।