2026-08-29 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांक्रेविहार पुनर्निर्माणसंगै पर्यटकको ओइरो

कात्तिक ८, सुर्खेत । वीरेन्द्रगरमा रहेको पुरातात्विक सम्पदा कांक्रेविहारको पुनर्निर्माणसंगै पर्यटकहरुको ओइरो लाग्न थालेको छ । दसैं बिदाको अवसर पारेर विभिन्न जिल्लाबाट कांक्रेविहार अवलोकनमा आउनेहरुको भीड लाग्ने गरेको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगरको मुटुमा रहेकाले यहाँ पर्यटकलाई अवलोकनका लागि सहज हुने गरेको छ । दसैं मनाउन घर आएकादेखि रारा गन्तव्य बनाएकाहरुको नजर कांक्रेविहारमै पर्ने गरेको छ । यतिबेला यहाँ भित्रिएका पर्यटकहरुलाई टिकट व्यवस्थापन गर्न समेत समस्या देखिएको छ । बौद्ध संस्कृतिका अध्येता जीवनकुमार शाक्यले राराको प्रवेशद्वारमै अवस्थित हुँदा कांक्रेविहार कर्णालीको एउटा महत्वपूर्ण गन्तव्य बन्न पुगेको बताए । ‘कांक्रेविहारमा फोटो–सेल्फी खिच्नैका लागि युवायुवतीको भीड लाग्ने गरेको छ’ उनले भन्नुभयो ‘दसैं बिदामा रिफ्रेस हुनुका साथै पुरातात्विक अध्ययनका लागि यहाँ आउने गर्दछन् ।’ पछिल्लो समय कांक्रेविहारमा दैनिक सरदर एक हजार पर्यटक आउने गरेको तथ्यांक छ । कांक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ । कर्णालीका प्रमुख गन्तव्य मुगुको राराताल, जुम्लाको सिंजा उपत्यका, दैलेखको ज्वाला पञ्चकोशी, सल्यानको कुभिण्डे दह, डोल्पाको त्रिपुरासुन्दरीझैं सुर्खेतका कांक्रेविहार र बुलबुले तालमा पनि यतिबेला पर्यटकहरुको आवागमन बाक्लो छ । रारा घुम्न यो उपर्युक्त मौसम भएकाले स्थलमार्गमा पर्यटकहरुको चहलपहल बढ्दो छ । पुनर्निर्माणपछि आन्तरिक तथा बाह्य पयर्टकहरुको संख्यामा झनै वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीयबासीसमेत रहेका शाक्यले पुरानै शैलीमा गरिने पुनर्निर्माणले सुर्खेतको मात्रै नभई कर्णाली प्रदेशकै शान बढाउने दाबी गरे । अग्लो डा“डामा निर्माण हुन लागेको कांक्रेविहारले उपत्यकाका विभिन्न स्थानहरुको दृश्यावलोकन गर्न सकिने उनको भनाई छ ।

०७२ असारदेखि कांक्रेविहारको पुनर्निर्माण थालिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ का अध्यक्ष सुरेशकुमार मानन्धरले यत्रतत्र छरिएका कलात्मक ढुंगा–मूर्तिलाई जोडेर पुरानै शैलीको मन्दिर निर्र्माण भइरहेको बताए । ‘कालिगढ अभावले पुनर्निर्माणमा ढिलाइ भएको छ’ उनले भने ‘भक्तपुरबाट कालिगढ ल्याउनुपर्छ  ठूल्ठूला कलात्मक ढुंगाहरु मेसिनको सहायताले जोड्नुपर्दा केही समय बढी नै लाग्दोरहेछ ।’ पुरातात्विक ढुंगा–मूर्तिका भग्नावशेषलाई जोडेर २१.५ मिटर अग्लो मन्दिर निर्माण गर्न लागिएको छ । भक्तपुरका ४ मूर्तिकारसहित २१ जना डकर्मी पुरानो स्वरुप मिलाउनदेखि टुटे–फुटेका ढुंगा–मूर्तिलाई जोड्ने काममा संलग्न छन् । पुरातत्व विभागले तोकिएको अवधिसम्म निर्माण सम्पन्न गर्न नसकेपछि सिद्धबाबा कन्ट्रक्सन प्रालिलाई थप एक वर्ष म्याद दिएको छ । विभागले करिब ९ करोड लागतमा कांक्रेविहार पुनर्निर्माणसम्बन्धी परियोजना सञ्चालन गरिरहेको छ । मूर्तिकार तीर्थराम कासी छवाले ‘मन्दिर यस्तै थियो’ भन्ने यकिन नहुँदा पुरातत्व विभागले तयार पारेको स्केचकै आधारमा काम गर्नुपरेको बतए । सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं.१३२५ मा कांक्रेविहार निर्माण गरेको इतिहास छ ।

पुरातत्व विभागले पुरातात्विक सम्पदा कांक्रेविहारको १९ वर्ष अघिदेखि उत्खनन् सुरु गरेको हो । उत्खनन्पछि बुद्धका साथै सरस्वति, विष्णु, पद्म, शंख र रथका पांग्रा फेला परे । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले यसलाई उत्तिकै श्रद्धा गर्ने गर्छन् । त्यसैले बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहा“ हिन्दु–बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादका कारण प्रतिस्थापना गर्न तयार पारिएको बुद्ध मूर्ति अझैं जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने