१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आईतबार पनि भालुवाङ्ग बजार खुल्ने

१२ भाद्र २०७२, शनिबार ०१:२०

dang bajarसन्तोषकुमार गुप्ता/ भालुवाङ्ग १२ भदौ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा भदौ १३ गते आईतबार देखि मंसिर २७ गते सम्म बजार खोलिने भएको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा हालै भएको बैठकले मंसिर २७ गते सम्मका प्रत्येक आईतबार बजार बन्द नगर्ने निर्णय गरेको हो । नेपालीहरुको महान् चार्ड रक्षाबन्धन, गाईजात्रा, कृष्णजन्म अष्टमी, तीज, दशैँ तिहार र छड पर्व तथा थारुहरुको महान्पर्व अटवारी र लगातारको बन्दको प्रत्यक्ष मारमा उपभोक्ता, उद्योगी, व्यपारी र सर्वसाधारण परेकोले मंसिर सम्म प्रत्येक आईतबार साप्ताहिक बजार बन्द नगर्ने निर्णय गरेको संघका महासचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

बिगतका बर्षहरुमा समयमा बजार नखुलाउँदा व्यापक गुनासो आएकोले यस बर्ष व्यापारीहरुको गुनासो आउन नपाउँदै बजार खुलाएको महासचिव सुवेदीले बताए । उद्योग बाणिज्य संघ उद्योग, व्यपारीहरुको छाता संगठन हो, व्यपारीहरुको मर्म र अवसर बुभmने दायित्व पनि हाम्रै भएकोले यस बर्ष चाँडै नै साप्ताहिक बजार खोल्ने निर्णय गरेका हौँ उनले भने । यस बर्ष बन्द हड्ताल पनि बढी नै भएका छन् यसको मार समेत व्यापारी र सर्वसाधारणहरु परेकोले पनि भदौ बाटै बजार खोल्ने सुवेदीले बताए । संघको कार्यक्षेत्र लालमटिया र गोबरडिहा गाविसका उद्योग, व्यपार र पसलहरु आईतबार खुल्ने छन् । यस बर्ष समयमै साप्ताहिक बजार खुलाउने निर्णय भए पछि उद्योगी व्यपारीहरु समेत हर्षित भएका छन् ।
बैठकमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज न्यौपाने, सदस्यहरु ब्ृहस्पति श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, हिमानन्द पाण्डे, माधव श्रेष्ठ, श्रीधर खत्री, टोपबहादुर कार्की, सल्लाहकार नुमानन्द सुवेदी, गञ्जबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण संघका महासचिव कृष्णप्रसाद सुवेदी र संघका कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर