१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द खुले संगै महायज्ञमा हजारौँको सहभागिता, लाखौँ रकम दान

१२ भाद्र २०७२, शनिबार ०७:४५

सन्तोषकुमार गुप्ता/भदौ १२, भालुवाङ । दुई दिनका लागि बन्द खुले संगै देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सातौँ दिन शनिबार मात्र करिब ५ लाख बढी दान रकम प्राप्त भएको छ ।

dang 2

थारुवान थारुहट संघर्ष समितीले दुई दिनका लागि बन्द खुलाए पछि दान रकममा ह्वातै बृद्धि भएको हो । महायज्ञको सातौँ दिन मात्र ५ लाख ३६ हजार ७ सय ४२ रुपैयाँ दान रकम प्राप्त भएको छ ।

दान रकम बढे संगै शनिबार हजारौँ भक्तजन तथा दानदाताहरुको सहभागिता रहेको थियो । दानदाताहरुको उत्साह जनक सहभागिता संगै एकै दिन यति बढी नगद रकम दान प्राप्त भएको छ । महायज्ञको सातौँ दिन सम्म ९ लाख ९३ हजार ७ सय ४२ रुपैयाँ नगद दान प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बासुदेव बेल्बासेले जानकारी दिए ।

शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सातौँ दिन तेब्बर नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत एकाएक बृद्धि हुन थालेको आयोजक को भनाई छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजना तथा श्रीमद्भागवत देशव्यापी शािन्त अभियानको सह—आयोजनामा शुरु भएको महायज्ञको सातौँ दिन मात्र पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरीबाट ५२ हजार १ सय ५, ओमनम शिवाय तथा योगी क्रसर उद्योगका प्रोपाईटर शंकरनाथ योगी ५१ हजार १ सय ११, भिमबहादुर केसी ३३ हजार ३ सय ३३, कपिलबस्तु धानखोला गाउँबाट १८ हजार ७ सय ११, माधव सापकोटा १५ हजार ५ सय ५, स्वाभिमान युवा क्लव कालाकाटेबाट १२ हजार १ सय ११, दयावती यादव ११ हजार १ सय ११, ज्ञानकुमार बस्याल ११ हजार १ सय ११, प्रतिमा बेल्बासे पोख्रेल ११ हजार १ सय ११ र यटिना जिएम ११ हजार १ सय ११ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बेल्बासेले जानकारी दिए ।

त्यस्तै निराजन गिरी ११ हजार १ सय ११, मलमला डिपबोडिङ्ग सिँचाई उपभोक्ता समितीबाट ११ हजार १ सय ११, बाबुराम अधिकारी ११ हजार १ सय ११, ऋषिराम पौडेल, १० हजार ५ सय ७५, राप्ती पुस्तक पसल भालुवाङ्ग पुल्चोकका प्रोपाईटर कर्णबहादुर केसीबाट १० हजार ५ सय, अर्जुन पण्डित १० हजार १ सय १५, होमबहादुर केसी १० हजार १ सय १५, रिमा पुरी १० हजार ५, लोकेन्द्र जिसी १० हजार १ सय र मुक्तप्रसाद शर्मा १० हजार १ सय दान रकम प्राप्त भएको संयोजक बेल्बासेले बताए ।

dang 4

त्यस्तै महायज्ञ बसन्त गिरी १० हजार १ सय १, मधुसुदन पुरी १० हजार १५, आयोजक विद्यालयका शिक्षक अभिभावक संघका संयोजक कृष्णबहादुर गिरी १० हजार ५, हरिप्रसाद सापकोटा १० हजार १ सय १, अञ्जन थापा, ६ हजार ६ सय ६६, कविराज तुलाधर ५ हजार ५ सय ५५, गिता घिमिरे ५ हजार ५ सय ५, सावित्रा मर्रासिनी ६ हजार १०, राजु भट्टराई ५ हजार ५ सय ५५, र केशरबहादुर केसी ५ हजार १ सय ५५ दान रकम प्राप्त भएको संयोजक बेल्बासेले बताए ।

त्यस्तै महायज्ञमा चेतमान केसी ५ हजार १ सय ११, अमृता श्रेष्ठ ५ हजार १ सय ६, सालिकराम यादव ५ हजार ५५, रेकमबहादुर थापा ५ हजार ५ सय ५, राप्ती सार्वजनिक यातायात व्यवसाय समिती प्रधानकार्यलय तुलसीपुरबाट ५ हजार १ सय, जितबहादुर पुन ५ हजार ५, खुसल खासुमगर ५ हजार ज्ञ सय ५१, चन्द्रमणि पौडेल, ५ हजार १ सय ५० र डिलबहादुर महत्तरा ५ हजार ५ रुपैयाँ र अन्य दान सहित उक्त नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए ।

त्यस्तै शनिबार मात्रै २ क्वीन्टल चामल, आटा २० केजी, दाल ५ केजी, तेल ५ लिटर, दुध ८ लिटर र अन्य तरकारी तथा मसलाहरु गरी ३ केजी समेत दान भएको आयोजकले जनाएको छ । महायज्ञको सातौँ दिन सम्म गोबरडिहा—१ कालाकाटे निवासी पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरी उकृष्ट दानदाताको रुपमा घोषणा भएका छन् ।

पुरीले ५२ हजार १ सय ५ नगद दान गरेका थिए । बन्दहड्ताल खुलेको दोस्रो दिन तथा शनिबार रक्षाबन्धन परेकोले शुभसाईत भन्दै महायज्ञमा यति बढी नगद दान रकम प्राप्त भएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताए ।

महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरुको सहभागिता रहेको थियो । महायज्ञमा नेपालकै चर्चित युवा समाजसेवी एवम् कथा बाचक शिरोमणि पण्डित दिपकप्रसाद पौडेल सहित २ दर्जन बढी कलाकारहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’