2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द खुले संगै महायज्ञमा हजारौँको सहभागिता, लाखौँ रकम दान

सन्तोषकुमार गुप्ता/भदौ १२, भालुवाङ । दुई दिनका लागि बन्द खुले संगै देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सातौँ दिन शनिबार मात्र करिब ५ लाख बढी दान रकम प्राप्त भएको छ ।

dang 2

थारुवान थारुहट संघर्ष समितीले दुई दिनका लागि बन्द खुलाए पछि दान रकममा ह्वातै बृद्धि भएको हो । महायज्ञको सातौँ दिन मात्र ५ लाख ३६ हजार ७ सय ४२ रुपैयाँ दान रकम प्राप्त भएको छ ।

दान रकम बढे संगै शनिबार हजारौँ भक्तजन तथा दानदाताहरुको सहभागिता रहेको थियो । दानदाताहरुको उत्साह जनक सहभागिता संगै एकै दिन यति बढी नगद रकम दान प्राप्त भएको छ । महायज्ञको सातौँ दिन सम्म ९ लाख ९३ हजार ७ सय ४२ रुपैयाँ नगद दान प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बासुदेव बेल्बासेले जानकारी दिए ।

शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सातौँ दिन तेब्बर नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत एकाएक बृद्धि हुन थालेको आयोजक को भनाई छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजना तथा श्रीमद्भागवत देशव्यापी शािन्त अभियानको सह—आयोजनामा शुरु भएको महायज्ञको सातौँ दिन मात्र पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरीबाट ५२ हजार १ सय ५, ओमनम शिवाय तथा योगी क्रसर उद्योगका प्रोपाईटर शंकरनाथ योगी ५१ हजार १ सय ११, भिमबहादुर केसी ३३ हजार ३ सय ३३, कपिलबस्तु धानखोला गाउँबाट १८ हजार ७ सय ११, माधव सापकोटा १५ हजार ५ सय ५, स्वाभिमान युवा क्लव कालाकाटेबाट १२ हजार १ सय ११, दयावती यादव ११ हजार १ सय ११, ज्ञानकुमार बस्याल ११ हजार १ सय ११, प्रतिमा बेल्बासे पोख्रेल ११ हजार १ सय ११ र यटिना जिएम ११ हजार १ सय ११ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बेल्बासेले जानकारी दिए ।

त्यस्तै निराजन गिरी ११ हजार १ सय ११, मलमला डिपबोडिङ्ग सिँचाई उपभोक्ता समितीबाट ११ हजार १ सय ११, बाबुराम अधिकारी ११ हजार १ सय ११, ऋषिराम पौडेल, १० हजार ५ सय ७५, राप्ती पुस्तक पसल भालुवाङ्ग पुल्चोकका प्रोपाईटर कर्णबहादुर केसीबाट १० हजार ५ सय, अर्जुन पण्डित १० हजार १ सय १५, होमबहादुर केसी १० हजार १ सय १५, रिमा पुरी १० हजार ५, लोकेन्द्र जिसी १० हजार १ सय र मुक्तप्रसाद शर्मा १० हजार १ सय दान रकम प्राप्त भएको संयोजक बेल्बासेले बताए ।

dang 4

त्यस्तै महायज्ञ बसन्त गिरी १० हजार १ सय १, मधुसुदन पुरी १० हजार १५, आयोजक विद्यालयका शिक्षक अभिभावक संघका संयोजक कृष्णबहादुर गिरी १० हजार ५, हरिप्रसाद सापकोटा १० हजार १ सय १, अञ्जन थापा, ६ हजार ६ सय ६६, कविराज तुलाधर ५ हजार ५ सय ५५, गिता घिमिरे ५ हजार ५ सय ५, सावित्रा मर्रासिनी ६ हजार १०, राजु भट्टराई ५ हजार ५ सय ५५, र केशरबहादुर केसी ५ हजार १ सय ५५ दान रकम प्राप्त भएको संयोजक बेल्बासेले बताए ।

त्यस्तै महायज्ञमा चेतमान केसी ५ हजार १ सय ११, अमृता श्रेष्ठ ५ हजार १ सय ६, सालिकराम यादव ५ हजार ५५, रेकमबहादुर थापा ५ हजार ५ सय ५, राप्ती सार्वजनिक यातायात व्यवसाय समिती प्रधानकार्यलय तुलसीपुरबाट ५ हजार १ सय, जितबहादुर पुन ५ हजार ५, खुसल खासुमगर ५ हजार ज्ञ सय ५१, चन्द्रमणि पौडेल, ५ हजार १ सय ५० र डिलबहादुर महत्तरा ५ हजार ५ रुपैयाँ र अन्य दान सहित उक्त नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए ।

त्यस्तै शनिबार मात्रै २ क्वीन्टल चामल, आटा २० केजी, दाल ५ केजी, तेल ५ लिटर, दुध ८ लिटर र अन्य तरकारी तथा मसलाहरु गरी ३ केजी समेत दान भएको आयोजकले जनाएको छ । महायज्ञको सातौँ दिन सम्म गोबरडिहा—१ कालाकाटे निवासी पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरी उकृष्ट दानदाताको रुपमा घोषणा भएका छन् ।

पुरीले ५२ हजार १ सय ५ नगद दान गरेका थिए । बन्दहड्ताल खुलेको दोस्रो दिन तथा शनिबार रक्षाबन्धन परेकोले शुभसाईत भन्दै महायज्ञमा यति बढी नगद दान रकम प्राप्त भएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताए ।

महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरुको सहभागिता रहेको थियो । महायज्ञमा नेपालकै चर्चित युवा समाजसेवी एवम् कथा बाचक शिरोमणि पण्डित दिपकप्रसाद पौडेल सहित २ दर्जन बढी कलाकारहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते