१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका विद्यालय सञ्चालनमा अन्यौलता

१५ भाद्र २०७२, मंगलवार ०५:४०

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय आजबाट सञ्चालनमा आउने तयारी भइरहेको समयमा आएको बन्दको खबरले अन्यौलता छाएको छ ।

unnamed (2)

जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि बन्द रहँदै आएका विद्यालयहरु आजदेखि खोल्ने तयारी भइरहँदा थरुहटर थारुवान संयुक्त संघर्ष समितिले बन्द यथावत रहेको बिज्ञप्ति जारी गरेपछि विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।

संयुक्त संघर्ष समितिले गर्दै आएको वन्द र कैलाली घटनापछि दगांग्रस्त क्षेत्र घोषणा गरी बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आउने बताइए पनि आफुहरुले बन्द भने यथावत राखेको समितिका संयोजक तेजमान चौधरीले जानकारी दिनुभयो ।

तर जिल्ला प्रशासन कार्यालयले भने देउखुरी क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न समस्या रहेको भन्दै आज त्यस बारेमा छलफल गरिने जनाएको छ । संघर्ष समितिले आफुहरुको बन्द यथावत रहेको र विद्यालय सन्चालन गर्न नदिने वताएपछि बन्दकर्ता र सरोकारवालाको उपस्थितीमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिनुभयो ।

बन्दका कारण बिद्यालय प्रत्यक्ष मारमा परेको चौतर्फी दबाब आएको भन्दै छलफल गरिने पौड्यालले वताउनुभयो । घोराही र तुलसीपुर क्षेत्रका विद्यालय आजवाट सन्चालनमा आउने वताईएपनि वन्दकर्ताहरुले आफुहरुको वन्द यथावत रहेको जनाएका छन । प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दा आफुहरुको वन्द केहि खुकुलो भएपनि स्कुलहरु भने सन्चालन गर्न नदिने संयोजक चौधरीको भनाई छ ।

लगातारको बन्दका कारण बिद्यार्थीहरु पढ्वाट वन्चित भएका छन् । समितिले गत साउन २७ गतेदेखी दाङसहित तराईका २२ जिल्ला वन्द आह्वान गर्दा तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत