2026-06-17 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दरभानमा स्वास्थ्यमा योग शिविर शुरु

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । प्यूठानको बाङ्गेसाल—६ दरभानमा ४ दिने स्वास्थ्य योग विज्ञान शिविर बुधबार देखि शुरु भएको छ । पतञ्जली योग समिती प्यूठानको आयोजनामा दरभान बजारमै योग शिविर शुरु भएको हो ।

शिविरको पहिलो दिनमा बाङ्गेसाल भरिका गाविस भरिका १ सय बढीको सहभागिता रहेको थियो । भदौको १९ गते कृष्णजन्म अष्टमी सम्म सञ्चालन हुने योग शिविरको प्रशिक्षकमा पतंञ्जली योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराई, योग समिती कै राप्ती अञ्चल प्रभारी देवराज आचार्य, योग प्रशिक्षक मोहनप्रसाद पन्थी र दामोदर रिजाल रहेका छन् ।

योग शिविर बिहान साढे ४ बजे देखि ६ बजे सम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ । स्वस्थ समाज निमार्ण गर्न सञ्चालन गरिएको स्वास्थ्य योग शिविर निशुल्क व्यवस्था गरिएको छ, पतंञ्जली योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराईले जानकारी दिनु भयो ।
पतञ्जली योग समिती बाङ्गेसाल ईकाई समितीका अध्यक्ष कन्कन लस्करको अध्यक्षता एवम् प्यूठान उद्योग वाणिज्य संघ सरुमारानी ईकाई समितीका अध्यक्ष कृष्ण राईमाझीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको छ ।

योग समितीका प्रशिक्षक ओमहरि भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पछिल्लो समयमा नयाँ पिढीमा विभिन्न रोगहरुको संक्रमण बढ्न थालेको भन्दै योगको माध्यमबाट रोग कम गर्न योग शिविरबाट सिकेको सिपलाई देनिक प्रयोग गर्न सके सम्पूर्ण खाले रोगको संक्रमणबाट बच्न महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाईटी बाङ्गेसाल उपशाखाका उपसभापति दामोदर रिजाल यात्रीले गर्नु भएको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ