८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

१७ भाद्र २०७२, बिहीबार ०५:३६

सन्तोषकुमार गुप्ता, भदौ १७, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्चले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।

संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्रस्तावित खाकाप्रति असन्तुष्टि जनाउँदै साउन २७ गतेदेखि गरिएको बन्दले व्यापार, शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै युवा मञ्चले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी आफ्ना माग पुरा गराउन गरिने बन्दले देशको आर्थिक अवस्था नै धरापमा परेको भन्दै बिशेष गरी बन्दको चपेटा शिक्षण संस्था रहेकोले बन्दको बिकल्प वातावरण सहज बनाउन बन्दकर्ताहरुलाई आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता, बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारी, उपाध्यक्ष बसन्तकुमार चौधरी, महासचिव ओमप्रकाश गुप्ता, सचिव मुना गिरी, कोषाध्यक्ष जिबा चौधरी र बरिष्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक बिदुर एमसीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न तथा सम्बन्धित पक्षहरुलाई सरकारले तत्काल बार्तामा बोलाई वातावरण सहज बनाउन आन्दोलनरत पक्ष, सरकार, नागरिक समाज, सम्वाद समूह, राजनीतिकदल, तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

‘शान्तिपूर्णरुपमा गरिने आन्दोलन र बिरोधका कार्यक्रम तथा आयोजक प्रति हाम्रो कुनै पनि आग्रह वा पूर्वाग्रह छैन । तथापि बिरोधका नाममा गरिने बन्दले शिक्षा क्षेत्र तथा बालबालिका, उद्योगधन्दा, व्यपार व्यवसाय तथा स्थानिय नागरिकहरु माथि पर्ने प्रतिकुल असरप्रति गम्भीर भएर सोचीदिन आग्रह गर्दछौं’, बिज्ञप्तीमा भनिएको छ । बन्द हड्तालले कुनै पक्षलाई फाईदा पुग्दैन बरु जसका लागि राजनिति गदै छौँ तिनै नागरिकमा असर पर्ने सबैलाई थाहा हुदाहुदै पनि किन फेरि बन्द हड्ताल त ? जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता