२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

२०७२, १७ भाद्र बिहीबार ०५:३६

सन्तोषकुमार गुप्ता, भदौ १७, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्चले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।

संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्रस्तावित खाकाप्रति असन्तुष्टि जनाउँदै साउन २७ गतेदेखि गरिएको बन्दले व्यापार, शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै युवा मञ्चले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी आफ्ना माग पुरा गराउन गरिने बन्दले देशको आर्थिक अवस्था नै धरापमा परेको भन्दै बिशेष गरी बन्दको चपेटा शिक्षण संस्था रहेकोले बन्दको बिकल्प वातावरण सहज बनाउन बन्दकर्ताहरुलाई आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता, बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारी, उपाध्यक्ष बसन्तकुमार चौधरी, महासचिव ओमप्रकाश गुप्ता, सचिव मुना गिरी, कोषाध्यक्ष जिबा चौधरी र बरिष्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक बिदुर एमसीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न तथा सम्बन्धित पक्षहरुलाई सरकारले तत्काल बार्तामा बोलाई वातावरण सहज बनाउन आन्दोलनरत पक्ष, सरकार, नागरिक समाज, सम्वाद समूह, राजनीतिकदल, तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

‘शान्तिपूर्णरुपमा गरिने आन्दोलन र बिरोधका कार्यक्रम तथा आयोजक प्रति हाम्रो कुनै पनि आग्रह वा पूर्वाग्रह छैन । तथापि बिरोधका नाममा गरिने बन्दले शिक्षा क्षेत्र तथा बालबालिका, उद्योगधन्दा, व्यपार व्यवसाय तथा स्थानिय नागरिकहरु माथि पर्ने प्रतिकुल असरप्रति गम्भीर भएर सोचीदिन आग्रह गर्दछौं’, बिज्ञप्तीमा भनिएको छ । बन्द हड्तालले कुनै पक्षलाई फाईदा पुग्दैन बरु जसका लागि राजनिति गदै छौँ तिनै नागरिकमा असर पर्ने सबैलाई थाहा हुदाहुदै पनि किन फेरि बन्द हड्ताल त ? जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो