२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

२०७२, २६ माघ मंगलवार १२:४१

माघ २६, ओखलढुंगा । प्रेस चौतारी नेपाल, जिल्ला शाखा ओखलढुंगाको
अध्यक्षमा पत्रकार पूर्णप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । आज मंगलबार सम्पन्न तेस्रो जिल्ला
अधिवेशनले न्यौपाने सहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पहलमान
खड्का, सचिवमा रेणु पराजुली, कोषध्यक्षमा पोकलनाथ दाहाल, सहसचिवमा मनोज कट्वाल, सदस्यहरुमा लक्ष्मी
कट्टवाल, लक्ष्मण राउत लगायतका रहेका छन् ।

okhaldhunga
नेकपा एमाले अध्यक्ष मोहनकुमार श्रेष्ठको प्रमुख
आतिथ्यतामा आज पुष्पलाल स्मृती भवन ओखलढुंगाको सभाहलमा भएको अधिवेशनमा नेकपा एमालेका सचिव नेत्र
भट्टराई, नेता नानीबाबु बुढाथोकी, सभाषद हर्कबोल राई, प्रचार विभाग प्रमुख शंकर कट्वाल लगायतका
नेताहरुले शुभकामना मन्तव्य राख्दै प्रेस चौतारीले अघिसारेका योजना तथा कार्यक्रमहरुमा सक्दो सहयोग
गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

 

नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद न्यौपानेले
व्यवसायिक दक्षता र पेशागत सुरक्षाका विषयमा ध्यान दिदै छविलाल कार्की स्मृति पत्रकारिता पुरस्कार कोष
स्थापना तथा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । अघिल्लो समितिले ल्याएका योजना तथा कार्यक्रमलाई
निरन्तरता दिँदै थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष टुकराज निरौलाको
संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिममा पूर्व जिल्ला अध्यक्ष
शिव ढुंगाना र कमल प्रसाद न्यौपाने रहेको प्रेस चौतारी नेपाल ओखलढुंगाले जनाएको छ ।

okhaldhunga 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !