१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

२२ भाद्र २०७२, मंगलवार ०३:२५

भदौ २२, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्च सिसहनियाँ देउखुरीले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।
संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्रस्तावित खाकाप्रति असन्तुष्टि जनाउँदै साउन २७ गतेदेखि गरिएको बन्दले व्यापार, शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै युवा मञ्चले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी आफ्ना माग पुरा गराउन गरिने बन्दले देशको आर्थिक अवस्था नै धरापमा परेको भन्दै बिशेष गरी बन्दको चपेटामा शिक्षण संस्था रहेकोले बन्दको बिकल्प खोजी वातावरण सहज बनाउन बन्दकर्ताहरुलाई आग्रह गरेको छ ।
मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता, बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारी, उपाध्यक्ष बसन्तकुमार चौधरी, महासचिव ओमप्रकाश गुप्ता, सचिव मुना गिरी, कोषाध्यक्ष जिबा चौधरी र बरिष्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक बिदुर एमसीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न तथा सम्बन्धित पक्षहरुलाई सरकारले तत्काल बार्तामा बोलाई वातावरण सहज बनाउन आन्दोलनरत पक्ष, सरकार, नागरिक समाज, सम्वाद समूह, राजनीतिकदल, तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

‘शान्तिपूर्णरुपमा गरिने आन्दोलन र बिरोधका कार्यक्रम तथा आयोजक प्रति हाम्रो कुनै पनि आग्रह वा पूर्वाग्रह छैन । तथापि बिरोधका नाममा गरिने बन्दले शिक्षा क्षेत्र तथा बालबालिका, उद्योगधन्दा, व्यपार व्यवसाय तथा स्थानिय नागरिकहरु माथि पर्ने प्रतिकुल असरप्रति गम्भीर भएर सोचीदिन आग्रह गर्दछौं’, बिज्ञप्तीमा भनिएको छ । बन्द हड्तालले कुनै पक्षलाई फाईदा पुग्दैन बरु जसका लागि राजनिति गदै छौँ तिनै नागरिकमा असर पर्ने सबैलाई थाहा हुदाहुदै पनि किन फेरि बन्द हड्ताल त ? जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह