१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

२२ भाद्र २०७२, मंगलवार ०४:२६

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो ।

सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका एस.एस. बी. सहित ७ जना र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ ७ गते साँझ देखि लागु हुने गरी भदौ २२ गते आजसम्मका लागि दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि दङ्गाग्रस्तको क्षेत्र घोषणाको समयावधी सकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले आज दङ्गाग्रस्त क्षेत्र घोषणाको समयावधी सकिन लागेकाले यसको बिकल्पमा नयाँ सुरक्षा रणनीति तयार पार्ने बताउनुभयो । दाङ खबरसँग कुरा गर्दै उहाँले आज दिउँशो ३ बजे सुरक्षा परिषद्को बैठक बसी नयाँ सुरक्षा रणनीति तयार पार्ने जानकारी दिनुभयो ।

दाङमा बन्द खुकुलो बन्दै
थरुहट थारुवान संयुक्त संर्घष समितिलगायतका विभिन्न संघसंगठनहरुले आह्वान गरेको दाङ बन्द आजबाट खुकुलो बन्दै गएको छ । हिजो सोमबारदेखि २४ घण्टे बन्दको आह्वान गरिएको भए पनि आज बिहानैदेखि दाङ उपत्यकाका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगातका अधिकांश बजारहरु खुलेका छन् । आफ्ना माग पुरा गर्नतर्फ सरकार उदासिन भएको भन्दै गरिएको बन्दबाट देउखुरी भने ठप्प रहेको छ ।

देउखुरीका लमही, भालुवाङ, गढवालगायतका अधिकांश स्थानीय बजारहरु बन्द रहेका छन् । यता हिजो ठप्प रहेको जिल्लाको यातायात क्षेत्र आज बिहानैदेखि सञ्चालनमा आएको छ । जिल्लाका घोराही–तुलसीपुर, घोराही–लमही रुटमा सवारी साधनहरु सञ्चालनमा आएको बताइएको छ ।

दाङको जनजीवन सामान्य बन्दै
बिभिन्न जातीय संगठनहरुले गरेको बन्द खुकुलो हुँदै गएपछि दाङका बजारहरुमा चहलपहल बढेको छ । आज बिहानैदेखि दाङका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा चहलपहल बढेको हो ।

हिजोका दिनहरुमा यातायात सहज नहुँदा बजारमा चहलपहल नहुने भए तापनि आज यातायाताका साधनहरु चलेकाले घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा किनमेलका लागि उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । तर, देउखुरीका बजारहरु भने फाट्टफुट्ट मात्र खुलेका छन् । यसैबीच मंगलबार बिहानदेखि ज्ल्लिाको यातायात सहज बनाएको यातायात व्यवसायीहरुले जनाएका छन् ।

जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही र तुलसीपुर–सितलपुर, तुलसीपुर–पश्चिमका रुटहरुमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिले जनाएको छ । आदिवासी जनजाती, मधेसी तथा थारुहरुको संघिय पक्षधरहरुको मोर्चाले दंगाग्रस्त क्षेत्र घोषणा फिर्तासँगै सेना परिचालनलाई रोक्नुपर्ने माग गर्दै हिजोदेखि अनिश्चितकालिन २४ घण्टे दाङ बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ