2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो ।

सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका एस.एस. बी. सहित ७ जना र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ ७ गते साँझ देखि लागु हुने गरी भदौ २२ गते आजसम्मका लागि दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि दङ्गाग्रस्तको क्षेत्र घोषणाको समयावधी सकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले आज दङ्गाग्रस्त क्षेत्र घोषणाको समयावधी सकिन लागेकाले यसको बिकल्पमा नयाँ सुरक्षा रणनीति तयार पार्ने बताउनुभयो । दाङ खबरसँग कुरा गर्दै उहाँले आज दिउँशो ३ बजे सुरक्षा परिषद्को बैठक बसी नयाँ सुरक्षा रणनीति तयार पार्ने जानकारी दिनुभयो ।

दाङमा बन्द खुकुलो बन्दै
थरुहट थारुवान संयुक्त संर्घष समितिलगायतका विभिन्न संघसंगठनहरुले आह्वान गरेको दाङ बन्द आजबाट खुकुलो बन्दै गएको छ । हिजो सोमबारदेखि २४ घण्टे बन्दको आह्वान गरिएको भए पनि आज बिहानैदेखि दाङ उपत्यकाका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगातका अधिकांश बजारहरु खुलेका छन् । आफ्ना माग पुरा गर्नतर्फ सरकार उदासिन भएको भन्दै गरिएको बन्दबाट देउखुरी भने ठप्प रहेको छ ।

देउखुरीका लमही, भालुवाङ, गढवालगायतका अधिकांश स्थानीय बजारहरु बन्द रहेका छन् । यता हिजो ठप्प रहेको जिल्लाको यातायात क्षेत्र आज बिहानैदेखि सञ्चालनमा आएको छ । जिल्लाका घोराही–तुलसीपुर, घोराही–लमही रुटमा सवारी साधनहरु सञ्चालनमा आएको बताइएको छ ।

दाङको जनजीवन सामान्य बन्दै
बिभिन्न जातीय संगठनहरुले गरेको बन्द खुकुलो हुँदै गएपछि दाङका बजारहरुमा चहलपहल बढेको छ । आज बिहानैदेखि दाङका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा चहलपहल बढेको हो ।

हिजोका दिनहरुमा यातायात सहज नहुँदा बजारमा चहलपहल नहुने भए तापनि आज यातायाताका साधनहरु चलेकाले घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा किनमेलका लागि उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । तर, देउखुरीका बजारहरु भने फाट्टफुट्ट मात्र खुलेका छन् । यसैबीच मंगलबार बिहानदेखि ज्ल्लिाको यातायात सहज बनाएको यातायात व्यवसायीहरुले जनाएका छन् ।

जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही र तुलसीपुर–सितलपुर, तुलसीपुर–पश्चिमका रुटहरुमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिले जनाएको छ । आदिवासी जनजाती, मधेसी तथा थारुहरुको संघिय पक्षधरहरुको मोर्चाले दंगाग्रस्त क्षेत्र घोषणा फिर्तासँगै सेना परिचालनलाई रोक्नुपर्ने माग गर्दै हिजोदेखि अनिश्चितकालिन २४ घण्टे दाङ बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई