१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नेकपा एमाले ओखलढुंगाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा

२९ माघ २०७२, शुक्रबार १२:२७

माघ २९, ओखलढुंगा । नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको आठौं जिल्ला
अधिवेशनमा चार सय २४ जना प्रतिनिधी सहभागी हुने भएका छन् । खुल्ला तर्फ आठ संगठित सदस्य बराबर एक जना,
चार महिला तथा दलित संगठित सदस्य बराबर एक जना अधिवेशनका प्रतिनिधी छनौट हुने विधानको व्यवस्था अनुसार
प्रतिनिधी छनौटको काम भइसकेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

okhaldhunga
प्रेस चौतारी नेपाल जिल्ला शाखा ओखलढुंगाको
आयोजनामा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको तयारीका बारेमा प्रचार विभाग प्रमुख शंकर कट्वलले
पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । अधिवेशनको तयारी पुरा भएको र नेतृत्व चयन विधिसम्मत् सहमतिका
आधारमा हुने उहाँले जानकारी दिनुभयो । अधिवेशनले जिल्लाका विकास निर्माण, शुसासन र भ्रष्टाचार न्यूनिकरण
गर्न सक्षम नेतृत्व चयन गर्ने एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।


जिल्लाको समृद्धिका लागि एमालेले विकास निर्माणको कार्ययोजना समेत तय गर्ने
उहाँको भनाइ छ । श्रेष्ठले एमाले जिल्ला अधिवेशनले सगरमाथा दर्शन अभियान अन्र्तगत हलेसी निशंखे चायाथान
केबलकारको अबधारणा संस्थागत रुपमा योजना अगाडी सार्ने जानकारी दिनुभयो । अधिवेशनका विषयमा धारणा राख्दै
एमाले केन्द्रिय सदस्य तथा साँसद यज्ञराज सुनुवारले राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक समृद्धि र
विकासका लागि एमालेले एजेण्डा तय गर्ने जानकारी दिनुभयो । विचार र विकासलाई सँगसँगै अगाडी बढाउनु पर्ने
आवश्यकता औल्याउनुभयो ।

एमाले जिल्ला अधिवेशनमा २० लाख खर्च
हुने र उक्त खर्चबारे अधिवेशन सम्पन्न भए पश्चात वितृत जानकारी गराईने पत्रकार सम्मेलनमा जानकारी दिइएको
छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको
पत्रकार सम्मेलनमा,जिल्लाका तिनैजना एमाले सांसद,एमालेका केन्द्रिय तथा जिल्ला र गाँउतहका नेता
कार्यकर्ता,पत्रकार लगाएको उल्लेख्य उपस्थिती रहेको थियो ।


यसैविच अधिवेशनका प्रमुख अतिथी पार्टीका महासचिव ईश्वर पोेखरेल लगाएतका अतिथिहरु जिल्ला
आईसकेको नेकपा एमाले ओखलढुंगाले जनाएको छ । एमाले ओेखलढुंगाको आठौ जिल्ला अधिवेशन भोलीबाट लगातार तिनदिन
सम्म सदरमुकाम ओखलढुंगामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का