2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द खकुलो बनाए संगै देउखुरीमा चहलपहल

September 23, 2015

सन्तोषकुमार गुप्ता/असोज ६, भालुवाङ् । गत साउन २७ गते देखि जारी देउखुरी बन्द बुधबार केही खुकुलो भए पछि देउखुरीका प्रमुख व्यारिककेन्द्र लमही, भालुवाङ्ग, सिसहनियाँ र गढवा बजार खुलेसंगै चहलपहल बढेको छ ।

dang2

झण्डै डेढ महिनाको लामो बन्दहड्ताल पछि मंगलबार राती सम्म बन्दकर्ता र देउखुरी भरिका उद्योग बाणिज्य संघहरु बीच बुधबार साँझा ५ बजेबाट देउखुरी भरिका व्यपार व्यवसाय खुलाउने सहमति अनुसार बजार खुलेपछि देउखुरीका बजारहरुमा रौनकता बढेको हो । चाडपर्वमा बाहेक अरु दिन बजार बन्दका कारण डेढ महिना देखि बन्दको मारमा परेका देउखुरीबासी उत्साहित समेत बनेका छन् ।

बजार खुले संगै देउखुरीका लमही, गढवा, सिसहनियाँ र भालुवाङ्ग बजारहरुमा समान किनमेल गर्ने स्थानियहरुको भिड् नै लागेको देख्न सकिन्छ । बजारमा दैनिक उपभोग्य समान चामल, दाल, नुन, तेल, तरकारी लगायतका समान किन्न सहज भएको उपभोक्ताहरुले बताएका छन् । बन्द खुलेपछि हामीलाई घर प्रयोगका लागि समानहरु किन्न निकै सहज भएको छ, गृहर्णी सरिता अधिकारीले भनिन् । बन्द कति खेर खुल्छ, कति खेर बन्द हुन्छ, थाहा नै हुदैन्, लामो बन्दका कारण समान किन्ने समेत पैसा सकिएको छ, कसरी जीवन चलाउने अधिकारीले गुनोसो गरिन् ।

dang

म करिब ४५ बर्षको भए तर यति लामो बन्द भएको थाहा पाएको थिएन् तर अहिले त एक महिना बढी नै बन्द भयो कसरी घर खर्च चलाउनु उनले दुख पोखिन् । न त हाम्रा समस्या बन्दकर्ताहरुले नै बुझछन् न त राज्य पक्षले नै बीचमा पर्ने हामी जनतालाई त दुख हुने हो उनले भनिन् । त्यस्तै ७५ बर्षीय सिताराम पौडेलले पनि अहिले सम्म कै लामो बन्द भएको बताए ।

किन बन्द गर्छन् के पुग्दैन यिनीहरुलाई हामीलाई मारेर के पाउँछन् नेताहरु उनी आक्रोस पोखे । बन्द खुलेपछि भालुवाङ्ग पुल्चोक बजारमा समान किन्न आएका बृद्धले बन्दको विकल्प खोज्न आग्रह गरे । बन्द हड्ताल एक दुई दिन पो हुन्छ त महिनौ दिन पनि बन्द गर्छन् र यसरी बन्द गर्ने हो, भने हामी कसरी बाँच्ने उनले भने ।

हामी जस्ता गरिब किसानहरुलाई कसले लाउन खान दिन्छ र न हामीलाई बन्दकर्ताले दिन्छन् न त सरकारले नै दिन्छ हामी कुन देशका नागरिक हौँ र काम गरेर पनि खान दिंदैनन् पौडेलले पिडा पोखे । लौ बाबु बन्द खोल्न तपाई पत्रकारहरु पनि लाग्नु प¥यो हामीलाई त राजनिति साजनिति गर्न आउँदैन् समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई आग्रह गरे ।

dang banda

यता बजार खुले संगै एकै दिनमा लाखौँको व्यपार भएको व्यपारीहरुले प्रतिक्रिया दिएका छन् । दैनिक हजारौँ व्यपार हुने पसलहरुमा पनि बजार खुले संगै किनमेल बढेको बताएका छन् । डेढ महिनाको अवधिमा लाखौँ घाटा बेहोरेका व्यपारीहरु बुधबार बजार खोल्न पाए पछि निकै खुसी देखिन्छन् । यसरी नै सधै बन्द खुल्ने हो भने हामीलाई पनि सहज हुने थियो व्यपारी सागर मल्लले भने ।

हरेक बन्दमा हामी व्यवसायलाई नै किन निशाना बनाईन्छ, हामीले उनीहरुको के खाईदिएका छौँ र मल्लले आक्रोश व्यक्त गरे । हामी बाच्न प्रदैन र कि उनीहरु हाम्रा छोराछोरी पालिदिन्छन् र उनले प्रति प्रश्न गरे । बन्द खुलाउन देउखुरीका चारै वटै उद्योग वाणिज्य संघले गरेको काम देउखुरीबासीले सहार्न समेत गरेका छन् ।

लामो समयको बन्द हड्ताल पछि देउखुरीबासीको समस्यालाई मध्यनजर गदै मंगलबार देउखुरी भरिका चार वटा उद्योग वाणिज्य संघ र बन्दकर्ताहरु बीच लमहीमा राती ८ बजे सम्म भएको छलफलमा बुधबार साँझा ५ बजेबाट देउखुरी भरिका बजार खुल्ला गर्ने र बिहिबार अर्थात आज बिहानबाट यातायात, शैक्षिक संस्था खुलाउने र सोही दिन लमहीमा आमसभा पछि पुरै देउखुरी खुल्ला गर्ने सहमति भएको थियो ।

d

छलफलमा बन्दकर्ताहरुको तर्फबाट थारुवान थरुहट सघर्ष समिती देउखुरीका संयोजक हिरालाल चौधरी, समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, थारुवान थरुहट सघर्ष समितीका प्रवक्ता प्रकाश चौधरी तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज पोख्रेल र सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सयुक्त रुपमा हस्ताक्षण गरी जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसै बीच बिहिबार लमही हुने आमसभालाई प्रभावकारी बनाउन बन्दकर्ता र चार वटै उद्योग वाणिज्य संघका पद्धापद्धिकारीहरु बीच छलफल भएको छलफलमा सहभागी राप्ती उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक