१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द खकुलो बनाए संगै देउखुरीमा चहलपहल

६ आश्विन २०७२, बुधबार १२:२०

सन्तोषकुमार गुप्ता/असोज ६, भालुवाङ् । गत साउन २७ गते देखि जारी देउखुरी बन्द बुधबार केही खुकुलो भए पछि देउखुरीका प्रमुख व्यारिककेन्द्र लमही, भालुवाङ्ग, सिसहनियाँ र गढवा बजार खुलेसंगै चहलपहल बढेको छ ।

dang2

झण्डै डेढ महिनाको लामो बन्दहड्ताल पछि मंगलबार राती सम्म बन्दकर्ता र देउखुरी भरिका उद्योग बाणिज्य संघहरु बीच बुधबार साँझा ५ बजेबाट देउखुरी भरिका व्यपार व्यवसाय खुलाउने सहमति अनुसार बजार खुलेपछि देउखुरीका बजारहरुमा रौनकता बढेको हो । चाडपर्वमा बाहेक अरु दिन बजार बन्दका कारण डेढ महिना देखि बन्दको मारमा परेका देउखुरीबासी उत्साहित समेत बनेका छन् ।

बजार खुले संगै देउखुरीका लमही, गढवा, सिसहनियाँ र भालुवाङ्ग बजारहरुमा समान किनमेल गर्ने स्थानियहरुको भिड् नै लागेको देख्न सकिन्छ । बजारमा दैनिक उपभोग्य समान चामल, दाल, नुन, तेल, तरकारी लगायतका समान किन्न सहज भएको उपभोक्ताहरुले बताएका छन् । बन्द खुलेपछि हामीलाई घर प्रयोगका लागि समानहरु किन्न निकै सहज भएको छ, गृहर्णी सरिता अधिकारीले भनिन् । बन्द कति खेर खुल्छ, कति खेर बन्द हुन्छ, थाहा नै हुदैन्, लामो बन्दका कारण समान किन्ने समेत पैसा सकिएको छ, कसरी जीवन चलाउने अधिकारीले गुनोसो गरिन् ।

dang

म करिब ४५ बर्षको भए तर यति लामो बन्द भएको थाहा पाएको थिएन् तर अहिले त एक महिना बढी नै बन्द भयो कसरी घर खर्च चलाउनु उनले दुख पोखिन् । न त हाम्रा समस्या बन्दकर्ताहरुले नै बुझछन् न त राज्य पक्षले नै बीचमा पर्ने हामी जनतालाई त दुख हुने हो उनले भनिन् । त्यस्तै ७५ बर्षीय सिताराम पौडेलले पनि अहिले सम्म कै लामो बन्द भएको बताए ।

किन बन्द गर्छन् के पुग्दैन यिनीहरुलाई हामीलाई मारेर के पाउँछन् नेताहरु उनी आक्रोस पोखे । बन्द खुलेपछि भालुवाङ्ग पुल्चोक बजारमा समान किन्न आएका बृद्धले बन्दको विकल्प खोज्न आग्रह गरे । बन्द हड्ताल एक दुई दिन पो हुन्छ त महिनौ दिन पनि बन्द गर्छन् र यसरी बन्द गर्ने हो, भने हामी कसरी बाँच्ने उनले भने ।

हामी जस्ता गरिब किसानहरुलाई कसले लाउन खान दिन्छ र न हामीलाई बन्दकर्ताले दिन्छन् न त सरकारले नै दिन्छ हामी कुन देशका नागरिक हौँ र काम गरेर पनि खान दिंदैनन् पौडेलले पिडा पोखे । लौ बाबु बन्द खोल्न तपाई पत्रकारहरु पनि लाग्नु प¥यो हामीलाई त राजनिति साजनिति गर्न आउँदैन् समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई आग्रह गरे ।

dang banda

यता बजार खुले संगै एकै दिनमा लाखौँको व्यपार भएको व्यपारीहरुले प्रतिक्रिया दिएका छन् । दैनिक हजारौँ व्यपार हुने पसलहरुमा पनि बजार खुले संगै किनमेल बढेको बताएका छन् । डेढ महिनाको अवधिमा लाखौँ घाटा बेहोरेका व्यपारीहरु बुधबार बजार खोल्न पाए पछि निकै खुसी देखिन्छन् । यसरी नै सधै बन्द खुल्ने हो भने हामीलाई पनि सहज हुने थियो व्यपारी सागर मल्लले भने ।

हरेक बन्दमा हामी व्यवसायलाई नै किन निशाना बनाईन्छ, हामीले उनीहरुको के खाईदिएका छौँ र मल्लले आक्रोश व्यक्त गरे । हामी बाच्न प्रदैन र कि उनीहरु हाम्रा छोराछोरी पालिदिन्छन् र उनले प्रति प्रश्न गरे । बन्द खुलाउन देउखुरीका चारै वटै उद्योग वाणिज्य संघले गरेको काम देउखुरीबासीले सहार्न समेत गरेका छन् ।

लामो समयको बन्द हड्ताल पछि देउखुरीबासीको समस्यालाई मध्यनजर गदै मंगलबार देउखुरी भरिका चार वटा उद्योग वाणिज्य संघ र बन्दकर्ताहरु बीच लमहीमा राती ८ बजे सम्म भएको छलफलमा बुधबार साँझा ५ बजेबाट देउखुरी भरिका बजार खुल्ला गर्ने र बिहिबार अर्थात आज बिहानबाट यातायात, शैक्षिक संस्था खुलाउने र सोही दिन लमहीमा आमसभा पछि पुरै देउखुरी खुल्ला गर्ने सहमति भएको थियो ।

d

छलफलमा बन्दकर्ताहरुको तर्फबाट थारुवान थरुहट सघर्ष समिती देउखुरीका संयोजक हिरालाल चौधरी, समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, थारुवान थरुहट सघर्ष समितीका प्रवक्ता प्रकाश चौधरी तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज पोख्रेल र सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सयुक्त रुपमा हस्ताक्षण गरी जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसै बीच बिहिबार लमही हुने आमसभालाई प्रभावकारी बनाउन बन्दकर्ता र चार वटै उद्योग वाणिज्य संघका पद्धापद्धिकारीहरु बीच छलफल भएको छलफलमा सहभागी राप्ती उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने