Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा अरिंगालको टोकाइबाट एकको मृत्य, तीन घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुनकोशी गाउँपालिका २, बाघभैरवस्थित लप्सीको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा अरिंगालले टोक्दा सोही स्थानका २७ वर्षीय बलराम खत्रीको मृत्यु भएको हो। अरिंगालको टोकाइबाट सोही स्थानका ४२ वर्षीय कृष्ण पहारी, ४३ वर्षीय करण लामा र ५५ वर्षका निमा लामा घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे पठाइएको इलाका प्रहरी कार्यालय ठोकर्पाले जनाएको छ।

मृतक खत्रीको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसे पठाइएको प्रहरीले जनाएको छ।