2026-08-30 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसपार्क नबन्दा चोक नै अस्तव्यस्त

कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो ।

सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि पूर्णता पाएको छैन् । सुर्खेतबाट बाहिरीने र भित्रने सवारीहरु साँघुरो बसपार्कका कारण सडक किनारामै पार्किङ्ग गर्नु पर्ने बाध्यता छ । आधा दर्जन बढी यातायात व्यवसायीहरुले साँघुरो बसपार्कबाट यात्रुहरुलाई सेवा दिने गरेका छन् । वीरेन्द्रनगरको मुख्य चौकमा अधिक सवारी चाप हुने, पैदलयात्रु धेरै हिँड्ने र बजार प्रवेश गर्ने मुख्य ठाउँ अस्तव्यस्तहुँदा समेत सम्वन्धित निकायले चासो नदिँदा यात्रुहरुलाई निकै सकस भएको छ ।

प्रदेश राजधानी प्रवेश चौक नै अस्तव्यस्त बन्दा त्यसको व्यवस्थापन गर्न वीरेन्द्रनगर नगरपालिका जिम्मेवार नबेको स्थानीयको आरोप छ । राजधानी प्रवेशको मुख्य चौक नै अस्तव्यस्त हुनुले सकरात्मक सन्देश बाहिर प्रवाह नभएको काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले बताउँछन् । ‘साँघुरो बसपार्कबाट हामीलाई सेवा दिन सकस नै छ’ सचिव सापकोटाले भने, ‘ग्राभेल गरिएको बसपार्कमा ढुंगा उछिट्टीदा यात्रु नै घाइते हुनु परेको छ ।’ समयमै बसपार्क निर्माण नभएकै कारण मंगलगढीस्थित अस्थायी बसपार्कमा सवारी चाप बढ्दा दुर्घटनाको त्रास बढेको छ । यात्रामा सवार गर्नेेदेखी पैदलयात्रीलाई समेत चौकमा समस्या हुँदै आएको छ । लामो समयसम्म पनि बसपार्क निर्माणमा सरोकारवाला निकाय मौन हुनु दुखद् भएको यातायात व्यवसायीहरु गुनासो छ । आधा दर्जन बढी व्यवसायीहरुले साघुरो ठाउँबाट गाडीहरु छुटाउँदा दुर्घटनाको जोखिमा पनि उत्तिकै रहेको सापकोटाको भनाई छ । ट्राफिक प्रहरीले पनि बसपार्क नबन्दा यातायात व्यवस्थापनमा सकस भएको बताएको छ । दैनिक वीरेन्द्रनगर भित्रने र बाहिरीने सवारीका कारण मुख्य चौकको किनारामा सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले निर्माणाधिन सिटी बसपार्कको काम ढिला हुनुमा प्राविधिक कठिनाईँ भएको बताइन् । समयमै सिटी बसपार्कको काम सक्न ताकेदा गर्दा समेत दशैँ अगावै काम सम्पन्न हुन नसकेको जानकारी दिईन् । बसपार्क निर्माणमा देखिएका अल्झनहरु सल्टाएर काम जारी रहेकाले एक महिनामै अस्थायी बसपार्क खाली गरिने उनको भनाई छ ।  सिटी बसपार्क निर्माणमा तोकेको समयभन्दा ढिला भएकाले समयमै काम सक्न पहल गरिरहेको उप–प्रमुख ढकालले उल्लेख गरिन् ।

निर्माणाधिन बसपार्कमा वाल निर्माण, सटर र कालोपत्रेको काम सम्पन्न भएपनि अन्य काम बाँकी छ । बसपार्क निर्माणको जिम्मा चाङ्गमीला नरसिंह–जेभीले लिएको छ । झण्डै दुई दशकदेखी सुर्खेतमा सिटी बसपार्क निर्माणको चर्चा चलेको थियो । तर आर्थिक वर्ष २०७२।०७३ बाट झण्डै सात करोडको लागतमा बसपार्क निर्माणको काम शुरु भएपनि हालसम्म पनि पूर्णता पाएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने