2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शंकर सामुदायिक वनको सार्वजनिक सुनुवाई

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीको छैठौ वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीवार सिसहनियाँ ४ पिपरीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङ्गका साधारण सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन समुहकी सचिव तारा घिमिरे र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष ऋषिराम चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन उपर उठेको जिज्ञासाको जवाफ अध्यक्ष तुलाध्वज मल्ल, उपाध्यक्ष शान्ता चौधरी, सचिव तारा घिमिरे र कोषाध्यक्ष ऋषिराम चौधरीले दिनुभएको थियो । भने सहजीकरण नर्ती सामुदायिक वन समन्वय समितिका सहजकर्ता जिवलाल खनालले गर्नु भएको थियो । समुहकी उपाध्यक्ष शान्ता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समुहका सल्लाहकार रामप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समुहकी सचिव तारा घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते