2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाठ्यक्रम विकास केन्द्रका लेखापाल २५ हजार घुसहित पक्राउ

कात्तिक १९, काठमाडौं | भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेका हुन् ।

कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री (डि.भि.डी.) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो।

उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई