2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

थरुहटको बन्द सडक केन्द्रित,सयौंको सख्यामा सडकमै उत्रिय कार्यकर्ता

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । थरुहट थारुवानको बन्द बुधवार देखि सडक केन्द्रित भए पछि देउखुरीको सिसहनियाँ बजार क्षेत्रमा सयौको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रियका छन् । साँझा र विहानमा लामो दुरीका सवारीका साधनहरु चले पनि दिउँसोमा भने गाडीहरु लामा लाग्ने गरेका छन् । विहीवार मात्रै सिसहनियाँ बजारमा थरुहटका कार्यकर्ताहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत सिसहनियाँ बजारको चोक चोकमा जम्मा भई बाटो अवरोध गरे पछि सवारीका साधनहरु बजारमै रोकिएका थिए ।

सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै केन्द्रको आदेश अनुसार यस अघि देउखुरीका ४ ओटा उद्योग वाणिज्य संघ सँग भएको सहमती कायम राख्दै व्यापार व्यवसाय र शिक्षण संस्थाहरु खुल्ला राख्दै सडक बन्द गर्नु परेको संघर्ष समितिका देउखुरी संयोजक हिरालाल चौधरीले जानकारी दिनुभएको छ । विहीवार सिसहनियाँ गाविसको सगरापुर, बगरापुर, पत्थरगढवा, मझेरिया, भगवानपुर, पहरुवा, बड्का सिसहनियाँ, छोट्की सिसहनियाँ लगायतका गाउँ बाट करिव चार÷पाँच सयको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।

उता प्रहरीले भने सडकमा रोकिएका सवारीका साधनहरुलाई साँझा विहान स्कर्टिङ गरेर गन्तव्य तर्फ पु¥याउने गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मिनबहादुर कुवर क्षेत्रीले जानकारी दिनुभएको छ । समितिले थारु बाहुल क्षेत्र लाई अलग प्रदेश बनाउनु पर्ने, जनसख्याको आधारमा सामानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने लगायतका माग राख्दै गत साउन २७ गते देखि आन्दोलन गदै आएको छ । लामो समय भई सक्दा पनि सरकारले माग सुनुवाई नगरे पछि राजमार्ग र नाकाबन्दी केन्द्रित आन्दोलन थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई