१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अघोषित नाकाबन्द फिर्ता नलिए भारत बिरुद्ध कडा संघर्ष गर्ने

१५ आश्विन २०७२, शुक्रबार ०३:४३

सन्तोषकुमार गुप्ता । असोज १५, भालुवाङ्ग । देउखुरीको भालुवाङ्ग पुल्चोकमा बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भालुवाङ्ग पुल्चोकका युवा, विद्यार्थी, उद्योगी, व्यपारीहरुको संयुक्त आयोजनामा भएको पुत्ला दहन गरिएको हो ।

dang news

भारतले नेपालमा अघोषित रुपमा नाका बन्दी गरेको बिरोधमा मोदीको पुत्ला बनाई भारत बिरोधी बिभिन्न नाराहरु लगाउँदै पुल्चोकको बजारका विभिन्न गल्लीहरु परिक्रमा गरी प्यूठान चोकमा आई मोदीको पुत्ला दहन पछि भएको कोण सभामा बोल्ने बक्ताहरुले मेची देखि महाकाली सम्मका सयौँ सिमाका बस्तीहरुमा जङ्गे पिलर हटाई सिमा अतिक्रमण र त्यहाँ स्थानियबासीहरुलाई भारतले गरेको दमन र अहिले गरेको नाकाबन्दी बिरुध सम्पूर्ण नेपाली एक जुट हुन आग्रह गरेका थिए । २०७२ मा घोषणा भएको नेपालको संविधान तत्काल लागु गर्न, भारतीय विस्तारबाद संग राष्ट्रियता बिरुद्ध हुने कुनै पनि सन्धी सम्झौता नगर्न खबरदारी समेत गरेका छन् । उनीहरुले वर्तमान संविधानमा व्यवस्था भएको संघियताका कारणले नेपाल सिक्किमीकरणको खतरा रहेको बताउँदै नागरिकता सम्बन्धी आमा वा बाबुको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गर्दा नेपालीहरु अल्पमतमा पर्ने र नेपालको भुमि भारतमा विलय हुने भएकोले उक्त विध्यक खारेज गर्न आग्रह समेत गरेका थिए ।

कोणसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य होमप्रसाद शर्मा, एकिकृत नेकपा माओवादीका लालमटिया गाउँ पार्टी उपाध्यक्ष नारायण शर्मा, हाटेल व्यवसाय समितीका पूर्व अध्यक्ष ऋषिराम बस्नेत र जिल्ला युवा सञ्जालका उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बोलेका थिए । कोणसभाको सञ्चालन विद्यार्थी नेता असोक बेल्बासेले गरेका थिए । पुत्ला दहन कार्यक्रममा भालुवाङ्ग पुल्चोकका सयौँ उद्योगी, विद्यार्थी र युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो