2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वका होचा व्यक्ति डाँगीको शव आईतबार दाङ ल्याइने

सन्तोषकुमार गुप्ता/ असोज १६, भालुवाङ्ग ।  अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुरको शव भोलि गृह जिल्ला दाङ ल्याइने भएको छ । उपचारका क्रममा अमेरिकामा गत भदौ १८ गते मृत्यु भएका डाँगीको शव २९ दिनपछि शुक्रबार एक मलेशियन एयरलाइन्सबाट नेपाल ल्याइएको थियो ।

chandra bahadur dangi sab

डाँगीको पार्थिव शरिरलाई शनिबार उहाँको गृह जिल्ला दाङ ल्याइने तयारी भएपनि सरकारी व्यवास्थाका कारण १ दिन ढिला गरी आईतबार मात्र दाङ ल्याइने उहाँका भतिजा दोलख डाँगीले बताउनुभयो । सरकारका तर्फबाट अंकलको पार्थिव शरिरलाई सम्मान गर्ने आश्वासन आएको छ त्यसैले भोलि १२ वजे अंकलको पार्थिव शरिरलाई दाङ लैजान्छौं’, डाँगीले भन्नुभयो, ‘अंकल जन्मे हुर्केको ठाउँमै अंकलको अन्तिम संस्कार गर्ने तयारी गरेका छौं ।

वि.सं. १९९६ साल मंसिर १५ गते दाङको पुरन्धारामा जन्मिएका डाँगी २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्लड रेकर्डले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । कार्यक्रमका क्रममा अमेरिका नजिकैको अमेरिकन सामोआ टापु गएका डाँगी अस्वस्थ भएपछि उपचारको क्रममा लिन्डन बी जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा भर्ना भएका थिए । उनको गत भदौ १८ गते अस्पतालमा मृत्यु भएको थियो । विभिन्न कारणवश उनको शव नेपाल ल्याउन निकै समस्या परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक