Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दश लाखको लगानीमा सार्वजनिक शौचालय निमार्ण सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

toilet

सन्तोषकुमार गुप्ता, असोज २९, भालुवाङ्ग । दाङ्ग र कपिलबस्तु जिल्लाको सिमाना अन्र्तगत गोबरडिहा—१ धानखोला बजारमा हालै निर्माण गरिएको सार्वजनिक शौचालयको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

toilet1

राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको अगुवाईमा १० लाखको लगानीमा निर्माण गरिएको उक्त सार्वजनिक शौचालयको उद्घाटन संगै प्रयोगमा आए पछि पूर्व पश्चिम भएर आवत जावत गर्ने सवारी साधनका यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ ।

toilet2

राप्ती उद्योग वाणिज्य संघको ६१ ह्जार १ सय ३०, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गको ७ लाख ४९ हजार, बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालको ६० हजार, कालीखोला सामुदायिक वन उपभोक्ता समूह धानखोलाको नगद १० हजारको लगानी तथा सोही वनको २८ क्यूफुट काठ सहयोग र १ लाख ९८ हजारको स्थानिय जनश्रमदान गरी कुल १० लाख ७८ हजार १ सय ३० रुपैयाँको लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । शौचालयको उद्घाटन पछि प्रयोगमा पछि दैनिक २ सय बढी यात्रुहरु सेवा लिने बताईएको छ ।

toilet3
सार्वजनिक शौचालय निर्माण समितीका अध्यक्ष गुणाबहादुर पण्डितको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्य तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर ढिसीको बिशिष्ठ आतिथ्यमा शौचालयको उद्घाटन गरिएको हो ।

संघकी महिला सदस्य बृहस्पति श्रेष्ठको स्वागत मन्तव्य तथा निर्माण समिती सदस्य ज्ञानबहादुर दर्लामीको बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा संघका कोषाध्यक्ष युबराज भुसाल र कार्यालय सचिव सन्तोषकुमार योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कालीखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण घर्तीमगर र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव प्रेमबहादुर केसीले गर्नु भएको थियो ।