Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

लालमटिया गाविस सचिव भण्डारीको बिदाई

By साझासवाल

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । बिगत दुई बर्ष देखि लालमटिया गाविस सचिवमा कार्यरत हिरालाल भण्डारीको जिल्ला विकास समिती डढेलधुरामा सरुवा भएको छ ।

sachib

संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले भदौ ३० गते भण्डारीलाई जिल्ला विकास समिती डढेलधुराको योजना अनुगमन तथा प्रशासकिय अधिकृतमा तीन महिनाका लागि काजमा पठाएको हो । भण्डारी गत २०७० माघ १० गते लोक सेवा आयोग राप्ती अञ्चल कार्यालयको शाखा प्रमुखबाट सरुवा भएर लालमटिया गाविसको शाखा अधिकृतको रुपमा आउनु भएको थियो ।

यसैबीच सरुवा भएर जाने लालमटिया गाविस अधिकृत तथा गाविस सचिव हिरालाल भण्डारीलाई आईतबार गाविस कार्यालय भवन मसुररियामा एक कार्यक्रमका बीच बिदाइृ समेत गरिएको छ । भण्डारीलाई गाविस बोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकी इन्चार्ज नवराज न्यौपानेले टिका तथा फुलमाला लगाउनुका साथै गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीले मायाको चिनो प्रदान गरी बिदाई गरिएको हो ।

गाविसकी समाजिक परिचालिका सन्तोषी चपाईको स्वागत मन्तव्यबाट शुरु भएको बिदाई कार्यक्रममा नेपाली काँग्रेसका नुमान्नद सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, नेकपा—माओवादीका गणेश केसी, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, लालमटिया गाविस बोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकी इन्चार्ज नवराज न्यौपाने, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, लालमटिया गाविस स्तरिय कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, सामुदायिक मेलमिलाप केन्द्रकी संयोजक तुलसा गिरी, समाजसेवी युवराज न्यौपाने, उत्तम अधिकारी, युवा अधिकारकर्मी बाबुराम अधिकारी, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता र कमल गिरी लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहर्जीकरण गाविसका सहायक लेखापाल रेशमराज अधिकारीले गर्नु भएको थियो ।