2026-08-30 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा दण्डहिनता अन्त्य गर्छौँ: गृहमन्त्री भण्डारी

कात्तिक २८, सुर्खेत । पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न कर्णाली प्रदेश सरकार तयार रहेको प्रतिवद्धता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले जनाएका छन् । फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशिल भएर लाग्नेछ ।’ कानुन मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारीतामा आर्कषण गर्ने सरकार लागिपर्ने बताए । ‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै गृहमन्त्री भण्डारीले भने ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छाै ।’ उनले पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम पनि भएको उल्लेख गरे । उनले पत्रकारहरुको सुरक्षाका लागि कानून मन्त्रालयले ‘पत्रकार स्वास्थ्य विमा’को व्यवस्था गर्न लागेको जानकारी दिए । ‘हामी पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्दैछौँ, करिबकरिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य विमामा सामेल हुन तपाईहरुलाई अपील गर्छौँ ।’ स्वास्थ्य विमा कार्यक्रमले पत्रकारहरुलाई केही हदसम्म भएपनि सुरक्षाको प्रत्याभुति हुने उनले बताए ।

अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था द्वन्द्वकालमा थुप्रै पत्रकारहरुले ज्यान गुमाउनुको प्रतिफल भएको बताउँदै मन्त्री भण्डारीले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिती, भ्रष्टाचार अन्त्य गर्नुमा पत्रकाहरुको ठूलो भूमिका रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकार पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेनद्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फ्रिडम फोरमका कर्णाली प्रदेश प्रतिनिधि लक्ष्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने