१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा खाने तेलको चरम अभाव, पसल पिच्छे खाने तेलको मूल्य

१४ कार्तिक २०७२, शनिबार १०:०५

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । द्येउखुरुीमा केही दिन यता खाने तेलको चरम अभाव हुन थालेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण एक महिनाअघिबाट भइरहेको इन्धनको चरम अभावपछि बजारमा खाने तेलको पनि अभाव शुरु भएसँगै ब्यापारीले खाने तेलको मूल्य आफूखुशी बढाएको उपभोक्ताको गुनासो छ ।

ब्यापारीले स्टक रहेको खाने तेलको मूल्य एकाएक बढाएका छन । बजारमा तोरीको तेल र सोयाविनको तेलको अभाव रहेको स्वर्गद्वारी स्टोरका सञ्चालक सहना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहिले एक सय ४० रुपैयाँ लिटर पाइने तोरीको तेल अहिले २ सय रुपैयाँ लिटरमा बिक्री भइरहेको छ । त्यस्तै सोयाविन तेलको पहिला प्रतिलिटर एक सय रुपैयाँ थियो भने अहिले एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल अभाव भएको बहानामा मूल्य बृद्धि गराइएको उपभोक्ताको गुनासो छ । ‘तेल नपाइएको बहानामा मूल्य बढाइएको हुन सक्छ’– तेल खरीद गर्न पुग्नुभएकी अस्मिता खत्रीले भन्नुभयो–‘डिजल, पेट्रोलको हाहाकार भएजस्तै खाने तेलको पनि हुन थाल्यो ।’ वीरगञ्ज, विराटनगरबाट खाने तेल दाङ देउखुरीमा आउने गर्छ। त्यहाँ उद्योग बन्द रहेकाले खाने तेलको अभाव भएको हो ।

नाकाबन्दीका कारण खाने तेलको उद्योग बन्द भएपछि देउखुरीका बजारमा खाने तेलको मूल्य एकाएक आकाशिएको छ । खाने तेलको अभाव पनि सिर्जना भएको ब्यापारीहरुले बताएका छन्। तेलको मूल्य स्थानीय डिलरले मनोमानीरुपमा बढाएको आरोप ब्यापारीको छ । तर डिलरका सञ्चालकहरुले भने उद्योगबाटै महंगोमा खरीद गरेकाले खाने तेलको मूल्य बढाइएको दाबी गरेका छन ।

यता उपभोक्ता मञ्चका अध्यक्ष केपी घिमिरेले नाकाबन्दीको बहानामा मूल्य बृद्धि गर्न नपाइने बताउनुभयो। ‘नाका बन्दीको बहानामा एक्कासी मूल्य बृद्धि गर्नु भनेको उपभोक्ताको ढाड सेक्नु हो’– उहाँले भन्नुभयो– ‘यस्ता कार्यको अनुगमन गर्न प्रशासनले ध्यान दिनुपर्छ ।’

स्थानीय प्रशासनले भने अभावको बहानामा मूल्यबृद्धि गर्न नपाइने बताएको छ । तर खाने तेलको मूल्य आकाशिएको विषयमा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले तेल खरीदको विलविजक हेरर मात्रै अनावश्यक मूल्य बृद्धि गरिएको हो होइन भन्ने छुट्याउन सकिने बताउनुभयो। ‘नयाँ मूल्यमा किनेको भए मूल्यबृद्धि स्वाभाविक हो तर अनावश्यकरुपमा मूल्य बढाइएको भए विलविजक हेरर कारवाही प्रक्रिया अघि बढ्छ’– उहाँले भन्नुभयो– ‘विलविजकको अध्ययन गर्न एक टोली पठाउँछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित