८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रशासन घेरेपछि मात्रै एम्बुलेन्सलाई तेल

१४ कार्तिक २०७२, शनिबार १०:०७

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । इन्धन नपाएपछि आन्दोलित भएका यहाँका एम्बुलेन्सले सोमबार थोरै मात्रामा डिजल पाएका छन । भारतले गरेको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक सवारी साधनले समेत इन्धन पाएका थिएनन । आइतवार इलाका प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

ambulensa

सोमवार यहाँ डिजल भित्रिएपछि मात्रै एम्बुलेन्सले तेल पाएको देउखुरी उद्योग वाणिज्य संघको एम्बुलेन्स चलाउँदै आउनुभएका सेतुलाल जैशीले जानकारी दिनुभयो । ‘२०र२० लिटरका दरले डिजल पाइएको छ तर यो मात्रा पर्याप्त छैन्’– उहाँले भन्नुभयो ।‘बिरामी बोकेको बेला मात्रै इन्धन दिने भन्दै समस्यामा पार्ने गरिएको छ तर इमजेन्सीमा कहाँ के हुन्छ थाहै हँुदैन ।’ इन्धन वितरण प्रक्रिया प्रभावकारी नहुँदा अत्यावश्यक सवारी साधनले समेत डिजल पाउन छाडेका हुन् ।

देउखुरी क्षेत्रमा रहेका एक दर्जन एम्बुलेन्स र एउटा शव वाहनले डिजल नपाउँदा आन्दोलित हुनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्बुलेन्स चालक महेन्द्र विकले बताउनुभयो ।

पेट्रोल पम्पलाई अत्यावश्क सवारी साधनका लागि केही मात्रामा डिजल राख्न प्रशासनले लिखित र मौखिक रुपमा आग्रह गरेको थियो । तर अहिले पम्पहरुले एम्बुलेन्समा बिरामी भएको अवस्थामा पनि डिजल दिएका छैनन । एम्बुलेन्समा इन्धन नहुँदा बिरामीलाई बीच बाटैबाट बसमा चढाएर अस्पताल पठाएको गोबरडिहा स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउँदै आउनुभएका आगेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

एम्बुलेन्स चालकहरुले इलाका प्रशासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीलाई भेट गरी एम्बुलेन्सलाई इन्धन उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण गराएका छन । तेल नहुँदा तीन दिनदेखि बिरामीलाई अस्पताल र्पुयाउन नसकिएको दुस्खेसो चालकहरुले सुनाएका छन् ।

बिरामीहरुको फोन आइरहे पनि तेल नभएका कारण आफूहरुले एम्बुलेन्स चलाउन नसकेको जवाफ फर्काउने गरेको र बिरामीहरु उपचारबाट बञ्चित हुनुपरेको चालक महेन्द्र विकले गुनासो गर्नुभयो । ‘पर्याप्त डिजल नहुँदा एम्बुलेन्स चलाउन गाह्रो भयो । उहाँले भन्नुभयो । ‘तीन हजार लिटर डिजल एक पटक आउँछ, त्यसमा लाइनमा बस्दा थोरै तेल पाइन्छ ।’

यता इलाका प्रशासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले एम्बुलेन्सलाई इन्धन उपलब्ध गराउन पेट्रोल पम्पका सञ्चालकहरुसँग समन्वय गरी सहज गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता