2026-10-15 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मन्त्रीद्धारा भैरव सामुदायिक वनको प्रशंसा

कात्तिक ३०, सुर्खेत | वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका साथै जडिबुटी र पर्यटन विकासको कामबाट कर्णाली प्रदेशका वन मन्त्री नन्दसिंह बुढाले प्रशंसा गरेका छन् । शुक्रवार सम्पन्न वनको १९ औं साधारणसभामा पुगेका भैरम सामुदायिक वन प्रदेशकै नमूना भएको टिप्पणी समेत गरेका छन् ।

उनले वन संरक्षणका साथै जडिबुटी उत्पादन र पर्यटन विकासको क्षेत्रमा समेत काम गरेका कारण प्रदेशकै नमूना भएको जनाए । उनले यस्ता वनहरुलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले विपन्न, महिला, दलित, जनजातिको जीवनस्तर उकास्ने योजनाहरु पनि ल्याउन सुझाव दिइन् । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीले भैरम सामुदायिक वन जिल्ला तथा प्रदेशमै उत्कृष्ट भएको बताए । उनले कामहरु उत्कृष्ट गरेकोले मुलुकभरका उत्कृष्ट वनहरुमा भैरम सामुदायिक वनलाई पनि सिफारिस गरिने जानकारी दिए । जडिबुटी र पर्यटनको क्षेत्रमा समेत सो वनले काम गरेको हुँदा अन्य वन समूहका लागि पनि उदाहरणीय भएको उनको भनाइ छ । 

वन समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले वन समूहले वन संरक्षण गर्नुका साथै जडिबुटी उत्पादन र पर्यटन विकासको कामलाई प्राथमिकता दिएको र आगामी दिनमा ती कार्यलाई निरन्तरतासमेत जनाए । सभामा कोषाध्यक्ष देवीप्रसाद खनालले करिव एक करोडको आयव्यय प्रस्तुत गरेका थिए । सभामा सामुदायिक वन उपभोक्ता महासंघका नगर अध्यक्ष रतिमान सिंह, वडा नं. ४ का वडा सदस्य कृष्ण गौतम लगायतले शुभकामना दिएका थिए । सो सभाबाट वनको नयाँ कार्यसमिति पनि चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन