2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा मात्रै साढे ६ हजार कण्डम बितरण

सन्तोषकुमार गुप्ता, कार्तिक १५, दाङ । दाङको तुलसीपुरमा साढे ६ हजार कण्डम बितरण गरिएको छ । २१ औं राष्ट्रिय कण्डम दिवसका अवसरमा नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र तुलसीपुरले नयाँ बस पार्कमा कण्डम बितरण गरेको हो ।

condom
कार्यक्रम स्थलमा स्टेज निर्माण गरेर कण्डम फुलाएर ठाउँठाउँमा झुण्ड्याइएको थियो, भने टेबुलभरि पनि कण्डम फिजाएर राखिएको थियो । कण्डम बितरण गर्न महिला स्वास्थ्यकर्मी बढी मात्रामा परिचालन गरिएको थियो । अस्थायी परिवार नियोजनका लागि पिल्स, तीनमहिने सुई जस्ता अस्थायी साधनहरु बजारमा भए पनि नि स्वास्थ्यका दृष्टिकोणले कण्डम नै राम्रो भएकाले प्रयोग गर्ने गरेको नारयणपुरका विकास केसीले बताउनुभयो ।

बसपार्कमै भएकाले विभिन्न ठाउँबाट बजार आएका ग्रामीण भेगका कतिपय महिलाहरुले सोबाटो भएर ओहरदोहर गर्दा लजाएर मुखछोपेर हिड्ने गरेका थिए । सुरक्षीत यौन सम्पर्कका लागि कण्डम उपयुक्त साधन भएकाले यसको महत्व दर्साउन प्रत्येक वर्ष कण्डम दिवस मनाउने गरिएको केन्द्रका गणेश भण्डारीले बताउनुभयो । यसको प्रयोगले गर्भ रोक्नेदेखि एड्स तथा यौन रोगबाट समेत बच्न सकिने भएकाले यो साधन उपयोगी भएको उहाँले बताउनुभयो । सुरक्षीत यौन सम्पर्क नगरेकै कारण दाङमा अहिले २ सय १० जना एचआइभी संक्रमित भएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई