७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

२३ कार्तिक २०७२, सोमबार ०७:२५

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् ।
नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटियाको मौरीघाटमा आयोजना गरेको शुभकामना आदान—प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभासद् चौधरीले यस्तो बताईन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा तत्कालिन बिद्रोही पार्टी माओवादी संंग बिस्तृत शान्ति सम्झौता देखि लोकतान्त्रिक संविधान जारी सम्म एतिहासिक उपलब्धी हासिल गरेको चर्चा गदै अहिलेको निकास पनि काँग्रेसको नेतृत्व बिना सम्भव नभएको बताईन् । जब—जब देशमा संकट आउँछ तब—तब नेपाली काँग्रेस जनताको बचिमा रहेर जनभावना बमोजिम काम गदै आएको बताउँदै सभासद् चौधरीले आन्दोलनरत मधेशबादी दलहरु बार्ता र सम्वादबाट निकास खोज्ज आग्रह समेत गरिन् । नयाँ संविधान जारी संगै भारतले गरेको अघोषित नाकाबन्दी छिमिकीले गर्ने व्यवहार भने पटक्कै ठीक नभएको बताउँदै कार्यक्रमकी प्रमुख आतिथी समेत रहेकी चोधरीले नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब नदिन आग्रह समेत गरिन् ।
नेपाली काँग्रेस लालमटिया ईकाई समिती सभापति नुमानन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी पूर्व सांंसद कृष्णकिशोर घिमिरे अहिलेको महाधिवेशन एकता र राष्ट्रियताको अधिवेशन भएको बताए । काँग्रेसलाई जनताको घर दैलो सम्म ब्यापक बनाउन संगठानात्मक अभियान लाग्न समेत सबै नेत कार्यकर्ताहरुलाइृ आग्रह समेत गरे । उनले काँग्रेसको आन्तरिक बिबादकै कारण राष्ट्रपति र प्रधानमन्त्री गुमाउनु परेको भए पनि सत्ता सञ्चालनको गतिलो अनुभव काँग्रेस बाहेक अरु संग नभएको बताउँदै घिमिरेले केपी ओलीको गठबन्धनको लामो आयु समेत नरहेको दाबी गरे ।
त्यस्तै काँग्रेसकै जिल्ला सचिव कमलबिशोर घिमिरेले अहिलेको राजनितिक समस्याहरु राजनितिक रुपले नै समाधान तर्फ लाग्नु पर्ने बताए । उनले काँग्रेस जोगी होइन् सत्ताका लागि नेपाली काँग्रेस होईन् सत्ता गठबँधनका लागि काँग्रेसलाई घेराबन्दी गर्न खोज्दा सरकारी बाहिर बस्नु परेको बताए ।
काँग्रेस लालमटिया ईकाई समिती उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीको चर्को बिरोध गरेका थिए । उनहिरुले भारतले गरेको नाकाबन्दी अत्यन्तै दुखद पूर्ण रहेको भन्दै नेपालको समस्या तत्काल केप ीओली सरकारले कुटनैतिक पहलबाट समाधन गर्न आग्रह गरे । काँग्रेस प्रतिपक्षमा रहेको भए पनि ओली सरकारलाई नाकाबन्दी देखि राष्ट्रियताका सवालमा सहयोगी भुमिका रहने समेत बताएका थिए । महा समिती सदस्य लालमोहम्द मियाँ, महाधिवेशन प्रतिनिधि सदस्यहरु कृष्णप्रसाद सुवेदी, धुव्र पुन, पुर्व जिल्ला सदस्य भेषराज खत्री, क्षेत्रिय सचिव हरिप्रसाद भुसाल, नेकपा एमालेका प्रेमबहादुर केसी, एकिकृत नेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, राप्रपाका टेकबहादुर गिरी, राजमोका हुकुमबहादुर बस्नेत, किसान संघका बुद्घिराम चौधरी र पत्रकार केशव बोहरा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लालमटिया ईकाई समितीका सचिव हस्तबहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो