2026-06-19 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग । नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् ।

con1

नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटियाको मौरीघाटमा आयोजना गरेको शुभकामना आदान—प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभासद् चौधरीले यस्तो बताईन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा तत्कालिन बिद्रोही पार्टी माओवादी संंग बिस्तृत शान्ति सम्झौता देखि लोकतान्त्रिक संविधान जारी सम्म एतिहासिक उपलब्धी हासिल गरेको चर्चा गदै अहिलेको निकास पनि काँग्रेसको नेतृत्व बिना सम्भव नभएको बताईन् ।

con2

जब—जब देशमा संकट आउँछ तब—तब नेपाली काँग्रेस जनताको बचिमा रहेर जनभावना बमोजिम काम गदै आएको बताउँदै सभासद् चौधरीले आन्दोलनरत मधेशबादी दलहरु बार्ता र सम्वादबाट निकास खोज्ज आग्रह समेत गरिन् । नयाँ संविधान जारी संगै भारतले गरेको अघोषित नाकाबन्दी छिमिकीले गर्ने व्यवहार भने पटक्कै ठीक नभएको बताउँदै कार्यक्रमकी प्रमुख आतिथी समेत रहेकी चोधरीले नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब नदिन आग्रह समेत गरिन् ।

नेपाली काँग्रेस लालमटिया ईकाई समिती सभापति नुमानन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी पूर्व सांंसद कृष्णकिशोर घिमिरे अहिलेको महाधिवेशन एकता र राष्ट्रियताको अधिवेशन भएको बताए । काँग्रेसलाई जनताको घर दैलो सम्म ब्यापक बनाउन संगठानात्मक अभियान लाग्न समेत सबै नेत कार्यकर्ताहरुलाइृ आग्रह समेत गरे । उनले काँग्रेसको आन्तरिक बिबादकै कारण राष्ट्रपति र प्रधानमन्त्री गुमाउनु परेको भए पनि सत्ता सञ्चालनको गतिलो अनुभव काँग्रेस बाहेक अरु संग नभएको बताउँदै घिमिरेले केपी ओलीको गठबन्धनको लामो आयु समेत नरहेको दाबी गरे ।

त्यस्तै काँग्रेसकै जिल्ला सचिव कमलबिशोर घिमिरेले अहिलेको राजनितिक समस्याहरु राजनितिक रुपले नै समाधान तर्फ लाग्नु पर्ने बताए । उनले काँग्रेस जोगी होइन् सत्ताका लागि नेपाली काँग्रेस होईन् सत्ता गठबँधनका लागि काँग्रेसलाई घेराबन्दी गर्न खोज्दा सरकारी बाहिर बस्नु परेको बताए ।

काँग्रेस लालमटिया ईकाई समिती उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीको चर्को बिरोध गरेका थिए । उनहिरुले भारतले गरेको नाकाबन्दी अत्यन्तै दुखद पूर्ण रहेको भन्दै नेपालको समस्या तत्काल केप ीओली सरकारले कुटनैतिक पहलबाट समाधन गर्न आग्रह गरे । काँग्रेस प्रतिपक्षमा रहेको भए पनि ओली सरकारलाई नाकाबन्दी देखि राष्ट्रियताका सवालमा सहयोगी भुमिका रहने समेत बताएका थिए ।

महा समिती सदस्य लालमोहम्द मियाँ, महाधिवेशन प्रतिनिधि सदस्यहरु कृष्णप्रसाद सुवेदी, धुव्र पुन, पुर्व जिल्ला सदस्य भेषराज खत्री, क्षेत्रिय सचिव हरिप्रसाद भुसाल, नेकपा एमालेका प्रेमबहादुर केसी, एकिकृत नेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, राप्रपाका टेकबहादुर गिरी, राजमोका हुकुमबहादुर बस्नेत, किसान संघका बुद्घिराम चौधरी र पत्रकार केशव बोहरा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लालमटिया ईकाई समितीका सचिव हस्तबहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ