2026-08-29 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

किउँ टिप्न विद्यालय बन्द

मङ्सिर ४, धादिङ | औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार÷पाँच घण्टा टाढा जङ्गलमा किउँ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् । 

विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै किउँ फल टिप्नका लागि जङ्गल गएर उतै रात बसी फल टिप्न थालेको झार्लाङका मङ्ग तामाङले बताउनुभयो । 

किउँ स्थानीयवासीले विभिन्न औषधिको रूपमा प्रयोग गर्ने गर्छन् । आगोले पोलेको, गानो गोला दुख्दा औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । यो फल महङ्गोमा बिक्री समेत हुने स्थानीयवासी बताउँछन् । 

दिनभरि टिप्दा मुश्किलले एक÷दुई पाथीसम्म टिप्न सकिने भएकाले गाउँवासी केही दिन जङ्गलमै बसेर फल टिप्ने गर्छन् । देख्दा मसिना कालो, खैरा देखिने, फल खाँदा चिसो र ओखरको स्वादको हुन्छ । १२ वर्षमा फल्ने कालो साना दानाको यो फललाई तामाङहरू सिसी पनि भन्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ