२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रभात सहकारीको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशन

१ मंसिर २०७२, मंगलवार ०५:३५

सन्तोषकुमार गुप्ता/मंसिर १ ,देउखुरी  । सहकारी शिक्षा मार्फत गाउँ गाउँमा सन्देश प्रवाह गर्न सके मात्र सहकारी संस्थाको विकास हुने एक कार्यक्रमका वक्ताले बताएका छन् । प्रभात बचत तथा ऋण सहकारी सस्था लिमिटेड सिसहनियाँको सोमबार सिसहनियाँ मै भएको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले सो कुरा बताएका हुन् । साथै उनीहरुले सहि ठाउँमा ऋण लगानी गर्न सके मात्र सहकारी फाइदामा जाने सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष सनिराम चौधरीको अध्यक्षता एवम् डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका सचिव बसन्तकुमार चौधरीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समिती संयोजक किरण खनालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, सिसहनियाँ कृषि सहकारी संस्थाकी उपाध्यक्ष भगवता शर्मा, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा सञ्चारको क्षेत्रमा रहि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ४ जना लाई संस्थाले सम्मान गरेको छ ।

यसरी सम्मानीत हुनेहरुमा असल बचतकर्ता तुलीराम चौधरी, असल ऋणी ज्योतीकुमार चौधरी र संस्थाका अध्यक्ष शनिराम चौधरी रहनुभएको छ । साथै सोमवार भएको सभाको बनदसत्रले पुन शनिराम चौधरीकै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमित समेत चयन गरेको छ । जसको उपाध्यक्षमा मधु अधिकारी, सचिवमा बसन्तकुमार चौधरी, कोषाध्यक्षमा रामप्रसाद चौधरी र सदस्यहरुमा ओमप्रकाश गुप्ता, आशा चौधरी र केशव चौधरी रहनु भएको छ त्यसै गरि सभाले शिवहरि शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति, बासुदेव चौधरीको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति र ओमप्रकाश गुप्ताको संयोजकत्वमा ३ सदस्यीय शिक्षा उपसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’